• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल राष्ट्र बैंक नेतृत्वविहीन: गभर्नर नियुक्तिको माग

  •  -अजय चापागाई
  • २०८२ बैशाख २५, बिहीबार १०:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, २५ बैशाख, २०८२
    नेपाल वित्तीय संस्था कर्मचारी सघ नेपाल राष्ट्र बैक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिमा भएको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनले बैंकको नेतृत्वविहीन अवस्थालाई “लज्जास्पद” भन्दै चाँडोभन्दा चाँडो सक्षम व्यक्तिलाई गभर्नर नियुक्त गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ अनुसार गभर्नरको पद रिक्त हुनु अगावै नयाँ नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था भए तापनि सरकार उक्त जिम्मेवारी पूरा गर्न असफल भएको संगठनको भनाइ छ।

    विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दाउपेच, विचौलियाको चलखेल र सिमित व्यक्तिको स्वार्थको कारण गभर्नर नियुक्तिमा ढिलासुस्तिप्रती यस सघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

    केन्द्रीय समितिका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाल मुलुक FATF को ग्रे लिस्टमा रहेको, निष्क्रिय कर्जा लगाएत खस्कदो अवस्थामा केन्द्रीय बैंकले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ। तर विगत एक महिनादेखि बैंक नेतृत्वविहीन रहेको र नीति निर्माण समेत प्रभावित भएको बताइएको छ।

    कार्यवाहक नेतृत्वले एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसकेको उदाहरण दिँदै संगठनले हालको नेतृत्वको क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

    नेपालको संविधान धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन नियमावली,२०७५ को नियम ३५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली,२०६८ को ठाडो उल्लंघन भएको संगठनको दाबी छ।

    संगठनले बैंकको गरिमा जोगाउन वर्तमान नेतृत्वले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने र सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको छ।

    Post Views: 304
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार १०:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.