बैशाख २२ गते / बर्दिया प्रहरीले आगुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको बाँसगढी नगरपालकिा बाड नं १ चेपाङ स्थीत रत्न राजमार्ग सडक खण्डबाट प्रहरीले २१ केजी ५ सय ६७ गा्रम अफिम सहित दुई जनालाई पक्राउ गरेको हो ।

बैशाख २१ गते आइतबार बेलुका लु ८० प १४६७ नम्बरको मोटरसाइकलमा जाजरकोट देखि नेपालगन्ज तर्फ आउँदै गर्दा मोटरसाइकल चेकङिका क्रममा प्रहरीले अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले बताए ।
पक्राउ पर्ने हरुमा जाजरकोट नलगाड नगरपालकिा ७ का ३७ वर्षीय भक्तबहादुर शाही र जल्लिा चतिवन राप्ती नगरपालकिा–११ आरपानीका २७ वर्षीय कुमार वाइबा रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

भक्तबहादुर शाहीले चलाएको मोटरसाइकलमा कुमार वाइवा सवार रहेका थिए । वाइवाले बोकेको जेब्रा झोला चेकजाँच गर्दा कालो भिर्ने झोलाको प्लास्टिक भित्र लागुऔषध अफिम फेला परेको बर्दियाका प्रहरी नायव उपरीक्षक डमरपालले जानकारी दिए ।
नयिन्त्रणमा लइिएका २ जनालाई सोमबार अदालतबाट ५ दनिको म्याद थप गरी इलाका प्रहरी कार्यालय मोतपिुरमा राखी अनुसन्धान अघ िबढाइएको बर्दिया प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवै जनालाई लागूऔषध नयिन्त्रण ऐन २०३३ को परच्छिेद–३ को दफा १४ को उप–दफा १ को (६)(३) बमोजमि सजाय हुने प्रहरी नायव उपरीक्षक डमरपालले बताए । बर्दिया प्रहरीले पछिल्लो समयमा लागुऔषध विरुद्धको अभियानमा चेकजाचमा कडाई गरे संगै लागुऔषध कारोवारी र सेवन कर्ता निरन्तर पक्राउ गरिरहेको छ ।




