• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिकाले विपन्न परिवारका लागि १ सय २ घर निर्माण गर्दै

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन २६, सोमबार २३:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(ठाकुरबाबा), फागुन २६ गते ठाकुरबाबा नगरपालिकामा विपन्न परिवारका लागि ९ बटै वडामा १ सय २ घर निर्माण कार्यको सुरुवात गरिएको छ। विपन्न घरपरिवारका लागि निर्माण हुने घर मध्ये हरेक वडामा एक जना अपांगता भएका परिवारका लागि घर बन्ने ठाकुरबाबा नगरपालिकाले जानकारी दिएको छ ।
    बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ तकिया गाउँका एक जना पूर्ण अपांगता भएकाका लागि ३ लाख ७५ हजार पालिकाको सहयोग र अन्य साझेदारीमा घर निर्माण सुरु भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिए ।
    नगरपालिका भित्रका १ सय ५० जनाले विपन्न आवासका लागि निवेदन दिएका थिए जसमध्ये यस वर्ष मुक्तकमैया, सुकुम्बासी, २०७१ सालका बाढी पीडित तथा वन्यजन्तु पीडित गरि १ सय २ विपन्न परिवारका लागि घर निर्माण गर्न थालिएको हो नगरप्रमुख तिलकराम लम्सालले भने ।


    अपांगता भएका ९ घरपरिवारका लागि ३ लाख ७५ हजारमा उर्जा प्रभावकारी भवन निर्माण हुने र अन्य ९३ घरपरिवार विपन्नका लागि १ लाख ७५ हजार रुपैयाँमा पालिकाको सहयोग र साझेदारीमा निर्माण हुने लम्सालले जानकारी दिए ।
    अपांगता भएका ९ वटा वडाका ९ जनालाई उर्जा प्रभावकारी भवनका लागि प्रति घर निर्माणका लागि ३ लाख ७५ हजार र ९३ जना विपन्नलाई प्रति घर निर्माणका लागि १ लाख ७५ हजार गरि कुल १ करोड ९६ लाख ५० हजार रकम प्रदान गरिने नगरप्रमुख तिलकराम लम्सालले बताए ।


    विन परियोजना र स्थानीयको साझेदारीमा ऊर्जा प्रभावकारी र वातावरणीय मैत्री भवन निर्माण भइरहेको ठाकुरबाबा नगरपालिकाका उपप्रमुख विना कुमारी भट्टराईले जानकारी दिनुभयो । गर्मीमा चिसो, चिसोमा न्यानो हुने र बिजुलीसमेत कम खपत हुने घरहरु यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने उपप्रमुख भट्टराईले बताउनुभयो ।
    भवन निर्माणका लागि नगरपालिका भित्रका स्थानीय २७ जनालाई उर्जा प्रभावकारी भवन निर्माणका लागि प्रशिक्षण दिईएको छ भने आर्थिक सहयोग र नितीगत रुपमा ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरी प्रभावकारी संरचना निर्माण भइरहेको विन परियोजनाका इन्जिनियर अभिषेक कर्णले बताए ।

    Post Views: 392
    प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार २३:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.