• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरिया नगरपालिका द्वारा स्थलगत तरकारी खेति प्रविधि तालिम

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन १९, सोमबार २३:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, फागुन १९ गते / गुलरिया नगरपालिका कृषि विकास शाखा द्वारा स्थलगत घुम्ती १ दिने तरकारी खेती प्रविधि तालिमलाई निरन्तर्ता गरेको छ ।
    विकास समृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियानू भन्ने मूल उद्देश्यका साथ गुलरिया नगरपालिकाका हरेक बाडमा गरिन कार्यक्रमका क्रममा गुलरिया नगरपालिका वार्ड नं ४ मा आज फागुन १९ गते आयोजित स्थलगत घुम्ती १ दिने तरकारी खेती प्रविधि तालिम संचालन गरेको गुलरिया नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख महादेव शाहले जानकारी दिए ।

     

    हाल सम्म गुलरिया नगरपालिका क्षेत्र भित्र पर्ने बडा हरु मध्य ७ वटा बाडरुमा प्रविधि तालिम संचालन भइसकेको समेत कृषि विकास शाखाका प्रमुख शाहले बताए । गुलरिया नगरपालिका केरामा र माछामा आत्मनिर्भरको भएपनि हामी अन्य कुनै पनि तरकारीमा आत्मनिर्भर हुन नसकेकोले यो प्रविधि तालिम को सुरुवात गरिएको समेत शाहले जानकारी दिए ।

    यस तालिमबाट थौरै भए पनि प्राविधिक कुराहरुको जानकारी हुने र तालिम पछि हामीले वितरण गर्ने तरकारीका ८ किसिमका विउहरुको प्रयोग राम्रो संग गरे विना विषादी स्वस्थ्य बर्धक तरकारी आफ्नै बारीमा फलाएर खान सक्ने र धेरै उत्पादन गरेर बजारमा बिक्रिबितरण समेत गरेर मनग्य आम्दानी गर्न सक्ने शाहले भने ।

    यस किसिमको तालिमले स्थानीयले तरकारी उत्पादन गरे संगै सिमापारी भारतबाट आउने बिषदी तरकारी खान नपर्ने समेत शाहले बताए ।
    उस्ता किसिमका प्रविधि तालिमबाट स्थानीयहरुले आफ्नै बारीमा तरकारी उत्पान गर्दा स्थानीयले स्वस्थ तरकारी खान पाउने र उत्पादन गरेको तरकारी स्थानीय बजारमा बिक्रि गरि आम्दानी गर्न समेत सकिने हुदा उस्ता तालिमलाई निरन्तर्ता दिनुपर्ने गुलरिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सुरेश कुमार गौतमले बताए ।

    तरकारीमा आत्मनिर्भरका लागि यस तालिमले थोरै बाट धेरैमा तरकारी उत्पादन गर्न प्रोत्साहनका लागि कार्य गर्ने बडा अध्यक्ष गौतमले जानकारी दिए । तालिममा बडा का करिब ७० जना स्थानीयको कृषकहरुको सहभागिता रहेको थियो ।

    Post Views: 254
    प्रकाशित मिति: २०८१ फाल्गुन १९, सोमबार २३:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.