बर्दिया(मधुवन), फागुन १९ गते बर्दियाको मधुवन नगरपालिका ९ धर्मवस्तीकी ४३ बर्षिय चन्द्रा विक अहिले आफ्नो पेशामा जती आउछ, उसैमा संतुष्ट भएको बताउछिन । केही समय अघी विकलाई केही समस्या आयो भने आफन्ती र छिमेकीको घरदैलो धाउनु पर्ने बाध्यता थियो । भनेको वेला सापटी समेत कसैले दिन मान्दैनथिए । आर्थिक अभावमा कसैले पनि साथ नदिदाको पिडा उनीसंग थुप्रै छन । आर्थिक अभाव, गरिवि र विभेद्ले पीडित बनेका दलित समुदायको अवस्था विकले नजिक बाट नियालेको बताइन ।


पछिल्लो अवस्थामा दलित महिला संघ बर्दियाको आर्थिक सहयोगले आफूलाई सक्षम बनाउन सहयोग पुगेको विक बताउँछिन् । आफूले सुरु दिनमा तरकारी बेचेर जीवनयापन गरिरहेको विकले बताइन्। तर संस्थाको सहयोगले उनलाई अझै केही गर्नुपर्छ भन्ने हौसला प्रदान गरेको उनी बताउँछिन्। केही समय अघि संस्थाबाट पाएको सहयोग रकमले एउटा अटोरिक्सा किनी श्रीमानको सहयोगमा रिक्सा चलाउन सिकेको र थप आम्दानी गर्न थालेको उनी बताउँछिन्। आफूलाई श्रीमानले पनि सहयोग गर्दै आर्थिक शक्तिकरणमा सफल बनाउन श्रीमानले निकै सहयोग गरेको विक बताउछिन । दुःख त छ तर आफ्ना दुई छोरा छोरीलाई पढाउन र छाक टार्न अब केही समस्या नरहेको बिक खुसी हुँदै सुनाइन ।
श्रीमान शुक्रलाल विक आफ्नो श्रीमतीको कामको लगनशिलता देखेर आफु नै चकित परेको बताउछन । आर्थिक अभावमा बितेका क्षणहरू आफूले कहिल्यै नबिर्सिने बताउँदै उनले आज आफू यो स्थानमा आउन श्रीमतीको निकै ठूलो हात रहेको बताउँछन् । उनले भने “हामीहरू सँगै अटोमै तरकारी लिएर हाटबजार पनि गर्छौं र एउटा पसल पनि थापेका छौं ।”

मान्छेलाई अभावले कमाउन सिकाउँछ भने झै मधुवन नगरपालिका वडा नं ५ की ३५ बर्षिय तुल्सी सुनारले पनि दलित महिला संघबाट प्राप्त सहयोग बाट आफ्नो व्यवसाय शुरु गरेको बताईन । उनी भन्छिन “चटपटे पसलवाट व्यवसाय सुरु गरेँ । अहिले राम्रो व्यापार चलिरहेको छ । तुल्सी भन्छिन ठेलागाडी बाट सुरु गरेको ब्यवसाय अहिले सटरमा छ । प्राप्त रकमले टेवल कुर्सिका साथै भाडाकुडाहरू किनेर सटरमै व्यवसाय गर्न थालेकी छु । मासिक १५ देखि २० हजार सम्म आम्दानी हुने र बचत समेत गर्ने गरेको उनी बताउँछिन् । घरमा कुखुरा का साथै बाख्रा पनि पालेको छु । जसले गर्दा थप आम्दानी पनि गर्न मद्दत मिलेको उनको भनाई छ । सुरुमा गाउ घरमा ठेला गाडी गुडाएर सामान विक्रि गर्न जादा निकै दुःख हुने गर्दथ्यो तर आज भोली आफ्नै सटरमा पसल हुदा सजिलो भएको उनी बताउछिन ।
यस्तै मधुवन नगरपालिका ९ की बिमला नेपालीको परिचय पनि बदलिएको छ । अहिले उनी उद्यमी का साथै व्यापारी समेत बनेकी छिन् । संस्थामा आबद्ध भएर आफनो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । किराना पसल र सिलाई कटाई व्यवसाय सञ्चालन गरिरहेकी विमला अहिले महिनामा राम्रो आम्दानी गर्ने गरेकी बताउछिन । विमला सँग अहिले दुई वटा पसल रहेको छ । । थोरै लगानी भएता पनि दैनिक १ हजार भन्दा बढी आम्दानी हुने गरेको छ । त्यही पसलवाट आफू मात्रै होइन परिवारलाइ पनी सहयोग हुदै आएको उनी बताउछिन । “कडा मिहेनत गरे अवश्य सफल भइन्छ “विमलाको अनुभव छ । सिमीत स्रोत र साधन हुने परिवारमा पैसाको लागि महिलाहरुलाई श्रीमानको भर पर्ने अवस्था थियो । महिलाहरु आत्मर्निभर थिएनन तर सानो सहयोगले अहिले आफैँ स्वरोजगार भएका छन् । महिलाहरुमा उद्यमशीलताका लागि थोरै भएपनि आर्थिक शसक्तिकरण भएको दलित महिला संघकी संयोजक हिमा सुनारको भनाई रहेको छ । प्राप्त रकमबाट दलित महिलाहरुले कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, माछा पालन, तरकारी खेती, सिलाई कटाई लगायत कस्मेटीक पसल, पार्लर जस्ता व्यवसाय सञ्चालन गरी महिलाहरु आत्मनिर्भर हुन मद्दत पुगेको अध्यक्ष सुनारको भनाई छ ।




