• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल प्राज्ञिक आधारभुत विद्यालयलाई बर्दिया जिल्लाको पहिलो तीन तारे विद्यालय घोषणा

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ फाल्गुन १५, बिहीबार २१:४९ प्रकाशित
    oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया(जयनगर), फागुन १५ गते / नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई बर्दिया जिल्लाको पहिलो तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई आज विद्यालयमा आयोजित कार्यक्रममा संघीय सांसद माननिय सञ्जय कुमार गौतमले तीन तारे विद्यालयको रुपमा घोषणा गरेका छन ।

    विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छताका १० सूचकहरू पुरा गरेको हुँदा उक्त विद्यालयलाई तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको छ ।

    विद्यालयले तारा प्राप्त गर्ने मापदण्डहरूमा खानेपानी, शौचालय, स्वच्छ तथा हरियाली वातावरण, स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपन, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जबाफदेहीताका सम्पुर्ण चरण तथा व्यवस्था रहनुपर्ने मापदण्ड रहेको छ ।

    नेपाल प्राज्ञिक आधारभूत विद्यालयले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी नेपाल सरकारको कार्यविधि २०७४ अनुसार सम्पुर्ण सूचकहरू पुरा गर्ने विद्यालयको रुपमा बर्दियाको पहिलो विद्यालय भएको गौतमले जानकारी दिए । विद्यालयले तीन तारा उपाधीको कायम रहिरहन निरन्तरताको अपेक्षा गर्दै विद्यालयलाई तीन तारा बनाउने सम्पुर्ण निकाय, विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै बर्दिया जिल्ला भरीका विद्यालयलाई तीन तारे विद्यालय बनाउन तर्फ उन्मुख हुनु पर्ने समेत गौतम बताए ।

    दिगो विकास लक्ष्य प्राप्तिका लागि विद्यालयहरूलाई खानेपानी सरसफाईको क्षेत्रमा काम गरिरहेको र यस विद्यालयलाई पहिलो पटक घोषणा गर्दै विद्यालयमा वास कार्यविधिलाई स्थानीयकरण गरी पालिकाले कार्यान्वयन गरिरहेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताए ।

    बर्दियामा नेपाल सरकारको कार्यविधिअनुसार बर्दिया जिल्लाका चार वटा स्थानीय तह  गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाई लागु गरिसकेको छ । ठाकुुरबाबा नगरपालिकाले कार्यविधि बनाउने पक्रियामा रहेको छ ।

    कार्यविधि अनुसार बारबर्दिया नगरपालिकाले थप तीन विद्यालयलाई तीन तारा घोषणा गर्ने निर्णय गरिसकेको छ । गुलरिया नगरपालिकामा एक, ठाकुरबाबा नगरपालिकामा २ र गेरुवा गाउँपालिकामा एक विद्यालय तीन तारा घोषणा गर्ने तयारीमा रहेको बेस बर्दियाका परियोजना संयोजक जगदिशप्रसाद चौधरीले जानकारी दिए ।

    बारबर्दिया नगरपालिका र सहयोगी निकाय युकेएड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल प्रजनन स्याहार केन्द्रको संयुक्त प्रयासमा विद्यालयमा तीन ताराको विद्यालय घोषणा भएको र बर्दिया जिल्लामा हाल ३३ वटा विद्यालयमा कार्यविधिअनुसार काम भइरहेको समेत परियोजना संयोजक चौधरीले बताए ।

    कार्यक्रममा बारबर्दिया नगरपालिकाका सामाजिक विकास समितिका संयोजक श्यामकुमारी चौधरी, नेपाल प्राज्ञिक आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विस्वास शाह लगायत अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    Post Views: 652
    प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार २१:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.