• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सार्वजनिक पद धारण गरेका व्यक्तिलाइ मिडियाले जवाफदेही बनाउछ:मन्त्री तिमिल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन १३, मंगलवार ०९:११ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    दाङ, फागुन १३ गते / लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई जवाफदेही बनाउन मिडिया क्षेत्रकाे भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भएको छ ।

    बागेश्वरी असलशासन क्लव(बास) नेपालकाे आयाेजनामा फागुन १२ गते साेमवार भालुबाङ्गमा भएको सूचना प्रवाह तथा सञ्चार संलग्नताकाे प्रभावकारीताकाे समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले सार्वजनिक निकाय र व्यक्तिलाई जवाफदेही बनाउन मिडिया परिचालनमा सरकारले पनि प्राथमिकतामा राख्ने बताउनु भएको हाे ।`मिडिया र सरकार एकआपसमा जाेडिनुपर्छ ।

    सरकारलाई जवाफदेही बनाउन मिडियाले स्वतन्त्र ढंगबाट तथ्यमा आधारित भएर खबरदारी गर्न जरुरी छ´उहाँले भन्नुभयाे-`प्रदेश सरकारले सुशासन कायम गर्न थालेकाे अभियानमा मिडिया क्षेत्रकाे साथ सहयाेग आवश्यक छ ।´ यस्तै मन्त्री तिमिल्सिनाले समाज रुपान्तरणका लागि सरकारकाे एक्लाे प्रयासले मात्रै सम्भव नरहेकाे, त्यसमा नागरिकहरुकाे समेत साथ सहयाेगले सम्भव रहेकाे बताउनु भयाे । सामाजिक क्षेत्रकाे विकास र सुदृढीकरणका लागि ऐन, नियम बनाउने कामलाई प्राथमिकतामा राखिएको बताउनु भयाे ।`दलित अधिकार ऐन बनाउने काम अघि बढेकाे छ । बढघरलाइ कानूनी मान्यता दिनेगरी पनि काम अघि बढेकाे छ´उहाँले भन्नुभयाे-`शिक्षा क्षेत्रमा गुणस्तरीय कायम गर्न मेराे विद्यालय मेराे दायित्व अभियान थालेका छाैं ।´

    द एसिया फाउन्डेसनकाे सहयाेगमा लुम्बिनी प्रदेशमा चार महिनाकाे अवधि सम्म संचार पहुँच र संलग्नता कार्यक्रम सञ्चालन भएको थियाे । याे अवधिमा प्रदेश सरकारले गरेका कामहरु र सुधारका क्षेत्रमा आधारित कामलाई आम सञ्चारका माध्यममा प्रकाशन तथा प्रशारण गरिएको थियाे । प्रदेश सरकारकाे कामलाई मिडिया मैत्री बनाउनुपर्ने, सञ्चार ऐनकाे कार्यान्वयन र सञ्चार समन्वय परिषद्लाई कार्यान्वयनमा लैजानुपर्ने, नियमित पत्रकार सम्मेलन जस्ता क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ ।

    बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीकाे अध्यक्षता तथा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव रेखा कँडेल, बरिस्ठ पत्रकार झलक गैरे, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव माेहन अर्याल, प्रेस संयाेजक दशरथ घिमिरे लगायतका वक्ताहरुले धारणा राख्नु भएको थियाे ।

    बास नेपालका कार्यक्रम संयाेजक मन भण्डारीले परियाेजनाबाट गरिएका काम, उपलब्धि, सिकाइ र सुझावमा आधारित प्रस्तुति राख्नु भएको थियाे । बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नु भएको थियाे ।

     

     

     

    साभार/नेपालगञ्ज दैनिक

    Post Views: 250
    प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार ०९:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.