• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ठाकुरबाबा नगरपालिका बर्दिया जिल्ला भरिमा पहिलो

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन ३, शनिबार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन ३ गते / स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा बर्दियाको ठाकुरबाबा नगरपालिकाले अधिकतम ९५.७५ अंकका साथ जिल्लाभरमा उत्कृष्ट बने संगै पहिलो भएको दाबी गरेको छ । विभिन्न १० सूचकका आधारमा गरिएको मूल्यांकनमा ९५.७५ अंकका साथ स्थानीय तहको स्वमूल्याङ्कन (लिजा) मा ठाकुरबाबा नगरपालिका जिल्लाभरमा पहिलो भएको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

    यी सूचकहरु मध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा ठाकुरबाबा नगरपालिकाले ९ अंक प्राप्त गरेको छ । ८ पूर्णाङ्कको सङ्गठन तथा प्रशासनमा ८ अंक, ११ अंकको वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९ अंक, ११ अंकको वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९.२५ अंक, १६ अंकको सार्वजनिक सेवा प्रवाहमा १६ अंक र ७ अंकको न्यायिक कार्य सम्पादनमा ७ अंक प्राप्त गरेको छ ।

    यसैगरि १३ अंकको भौतिक पूर्वाधारमा १२.५ अंक, १० अंकको सामाजिक समावेशीकरणमा १० अंक, ९ अंकको वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ९ अंक र ६ अंकको सहकार्य र समन्वयमा ६ अंकका साथ ठाकुरबाबा नगरपालिकाले ९५.७५ अंक प्राप्त गरेको छ ।

    ठाकुरबाबा नगरपालिकाले स्थानीय तहको बजेट व्यवस्थापन, राजस्व संकलन, सेवा प्रवाह र पारदर्शिता जस्ता सूचकहरु समावेश गर्दै उच्च अंक प्राप्त गर्दा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले निरन्तर ठाकुरबाबा नगरबासीलाई सेवा दिने कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ ।

    स्वमूल्याङ्कन प्रणालीमा स्वाभाविक अंक मात्र दाबी गरिने र माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अंक नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिएकाले जिल्लासंगै लम्बिनी प्रदेशमा पनि पहिलो हुने दाबी गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बताउनुभयो ।

    वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार बर्दिया जिल्लाका ८ वटा स्थानीय तहहरु मध्ये ठाकुरबाबा नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको दाबी गरेको छ ।

    ठाकुरबाबा नगरपालिकाले ९५.७५ अंक ल्याएर पहिलो हुँदा बाँसगढी नगरपालिका ९४.५ अंक लिएर दोस्रो भएको छ भने ९३.५ अंकका साथ मधुवन नगरपालिका तेस्रो भएको तथ्यांकमा उल्लेख छ ।

    यस्तै चौथोमा बढैयाताल गाउँपालिकाले ९१.२५ अंक, पाँचौमा राजापुर नगरपालिकाले ८९.५ अंक, छैठौँमा गुलरिया नगरपालिकाले ८८ अंक, सातौँमा गेरुवा गाउँपालिकाले ८४ अंक र आठौमा बारबर्दिया नगरपालिकाले ८०.२५ अंक ल्याएका छन् ।

    कार्यसम्पादन मूल्यांकन नतिजा, भूगोल तथा जनसंख्या, मानव विकासको अवस्था लगायतका अवस्थालाई आधार लिई आगामी आर्थिक वर्षको समानीकरण अनुदान तथा वित्तीय हस्तान्तरण गरिने प्रचलन छ ।

    अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत नारायण ढकालले जानकारी दिनुभयो ।

    Post Views: 628
    प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार ०९:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.