बर्दिया(मधुवन), माघ २९ गते / मधुवन नगरपालिकिा बडा नं ५ मा रहेको रामकृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज माघ २९ गते मधुवन नगरपालिका बडा नं ५ को गाँउ नं ८ को रामनगर टोलमा भएको कार्यक्रमको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रममा रामकृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुर्य बहादुर गुरुङ, मधुवन नगरपालिका बडा नं ५ का बाड अध्यक्ष दिलिप गुरुङ, स्थानीय उपभोक्ता समुदायहरुको उपस्थिती रहेको थियो ।





