गुलरिया, माघ २९ गते / गुलरिया नगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा महिलाहरूका लागि डल तथा कुसन बनाउने तालिम माघ २७ गते आइतवार सम्पन्न भएको छ । दश दिन सम्म संचालित तालिमका गुलरिया नगरपालिका बडा नं ६ का २४ जना स्थानीय महिलाहरु सहभागी भएका थिए ।
अग्रिमा हस्तकला ट्रेनिङ सेन्टर गुलरिया बर्दिया द्वारा सञ्चालित १० दिने डल गुडिया तथा कुसन सम्बन्धी सिपमूलक तालिम संचालन गरिएको गुलरिया नगरपालिका बाड नं ६ का बाड अध्यक्ष सुधांशु प्रकाश शर्माले बताए ।


तालिमले घर परिवार देखि समाज परिवर्तन गर्न टेवा पुग्ने बताउदै, आफुले तालिममा सिकेका सिपहरूलाई व्यबहारमा ल्याउन सहभागिहरूलाई बडा अध्यक्ष शर्माले आग्रह गरे । सिप सिकेर सिपको सदुपयोग गर्दै सिपलाई आयआर्जन रुपान्चर गर्नका लागि समेत आगामी दिनमा पनि वडाले सकेको सहयोग गर्ने समेत शर्माले जानकारी दिए।

अग्रिमा हस्तकला ट्रेनिङ सेन्टर गुलरिया बर्दिया प्रशिक्षक निर्मला धमलाले आफूले सिकेका कुनै पनि सिप खेर नजाने भन्दै महिलाहरुले आफु कमजोर छु भन्ने मानसिकता हटाउन जुनसुकै काममा पनि प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताइन ।
समापन कार्यक्रममा गुलरिया नगरपालिका बडा नं ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, वाड सदस्य दिपक अधिकारी, वडा सदस्य शोभा भण्डारी, शान्ता परियार, वडा सचिव केशवराज खनाल लगायतका सञ्चारकर्मी हरुको उपस्तिथी रहेको थियो ।




