• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

क्यान्सरको न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य : स्वास्थ्यमन्त्री

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २२, मंगलवार ११:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ २२ गते / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।मङ्गलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउनुभयो ।

    मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठुलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

    ‘‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै काम गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘आज पाठेघरको क्यान्सरबाट मेरा आमाहरु, मेरा दिदीहरु, मेरा समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ ।’’

    मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक स्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो ।

    Post Views: 353
    प्रकाशित मिति: २०८१ माघ २२, मंगलवार ११:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.