• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवन ५ को कार्यालय खर्च कटौति गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २१, सोमबार २३:५० प्रकाशित
    Oplus_131074
    • अ-
    • अ
    • अ+

    बर्दिया(मधुवन), माघ २१ गते / मधुवननगरपालिका बडा नं ५ को कार्यालयले आफ्नो कार्यालयको खर्च कटौती गरेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

    कार्यालयका हुने खाजा खर्च लगायत अन्य प्रशासनिक खर्च कटौती गरि बचेको रकमबाट मधुवन नगरपालिका बडा नं १ मा रहेको पत्थरबोझी स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको मधुवन नगरपालिका बडा नं का बडा अध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

    हालको लागि शैक्षिक सामाग्री मात्र सहयोग गरे पनि भोलिका दिनका लागि विद्यालय र विद्यार्थीलाई अत्यावश्यक पर्ने बिषयमा आफू मातहतको बडा या मधुवन नगरपालिका संग सहजिकरण गर्नका लागि सदैव साथ रहने समेत बडा अध्यक्ष गुरुङले बताए ।

    अभिभावक नभएका एवं विपन्न परिवारका सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत करिब ३७ जना विद्यार्थीलाई माघ २१ गते  गरिएको कार्यक्रमका बिच विद्यार्थीलाई कापी, कलम सहित चप्पल, फलफुलहरु बिस्कुटहरु वितरण गरिएको थियोे । कक्षा १ देखि ६ कक्षा सम्म संचालित यस विद्यालयका विद्यार्थीलाई कक्षा अनुसार आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको थियोे । शैक्षिक सामाग्री वितरण कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, नेपाली कांग्रेसका रामचन्द्र थापा, बाड सदस्य हरु, लगायत स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    Post Views: 297
    प्रकाशित मिति: २०८१ माघ २१, सोमबार २३:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.