• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कुमारी सहकारीको डेढ अर्ब ठगी : जिसस प्रमुख थापासहित पाँच पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २१, सोमबार १३:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पाेखरा, माघ २१ गते / सहकारी ठगीको आरोपमा एमाले नेता एवं म्याग्दी जिल्ला समन्वय समिति प्रमुखसहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका-८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताका बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित सहकारीका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    थापासहित सहकारीका तत्कालीन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मनप्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

    सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको छानबिनका क्रममा उक्त सहकारीका बचतकर्ताका रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएको थियो । त्यसै आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    थापाको नेतृत्वमा सर्वसाधारणका एक अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरिएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो ।

    २०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । एक सय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ ।

    प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट १६ करोड रुपैयाँ लगिएको छ । सहकारीको रकम लैजाँदा थापाले कुनै धितो राखेका छैनन् । यस्तै थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् ।

    यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ ।

    सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा पनि कुनै धितो राखिएको छैन ।

    यसैगरी थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकाशा भएको छ ।

    सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले पाँच करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

    सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला हो । चार हजार तीन सय ८६ बचतकर्ता रहेको सहकारीमा चार सय १८ जना सेयर सदस्य छन् ।

     

     

    साभार हाम्राकुरा

    Post Views: 185
    प्रकाशित मिति: २०८१ माघ २१, सोमबार १३:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.