• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एचपीभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ ९, बुधबार १३:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिरहा, माघ ९ गते / सिरहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जनस्वास्थ्य कार्यालय सिरहाको प्राविधिक सहयोगमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान–२०८१ अन्तर्गत नगरभित्र खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनले यही माघ २२ देखि २९ गतेसम्म नगरका ६० विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका साढे सात हजार किशोरीलाई एचपीभी खोप लगाइने जानकारी दिए ।

    एचपीभी खोप अभियानका लागि नगरका २२ वटै वडाका ३२ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र यसअघि २१ जना स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिइएको छ ।

    तालिममा सहभागी स्वास्थ्यकर्मीलाई नगरप्रमुख डा नवीनकुमार यादवले यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरेको एचपीभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुनेगरी तयारी गर्न आग्रह गरे ।

    जिल्लामा एचपीभी खोपको आवश्यक मात्रा जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिए ।

    महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपीभी खोप ल्याएको हो ।

    Post Views: 215
    प्रकाशित मिति: २०८१ माघ ९, बुधबार १३:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.