बर्दिया, माघ ८ गते / नेपाल लोकतान्त्रिक यातायात व्यावसायि संघ बर्दियाको अध्यक्ष पदमा मोहनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । आज माघ ८ गते मंगलबार नेपाली काङ्ग्रेस बर्दिया गुलरिया पार्टी कार्यालयमा भएको नेपाली लोकतान्त्रिक यातायात व्यावसायि संघ बर्दिया द्वारा आयोजित नेपाली लोकतान्त्रिक यातायात व्यावसायि संघ बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट मोहनलाल श्रेष्ठ को अध्यक्ष पद सहित कार्यसमिति नै सर्वसम्मत भएको नेपाली लोकतान्त्रिक यातायात व्यावसायि संघ लुम्बिनी प्रदेश प्रतिनिधि एवं नेपाली काङ्ग्रेस गुलरिया नगर कार्यसमिति उपसभापति रवि मल्लले जानकारी दिए ।


नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा मोहनलाल श्रेष्ठका साथ सचिव पदमा रत्नाकर राना, काेषाध्यक्ष पदमा भरत रेग्मी निर्विरोध निर्वाचित भएका थिए भने सदस्यहरुमा एकराज खत्री ,राजु शाही ,खड्ग बहादुर शाही र किशोर शर्मा निर्विरोध चयन भएको समेत मल्लले बताए । नव निर्वाचित अध्यक्ष श्रेष्ठले आफु सदैव यातायात व्यावसायीको हकहितमा कार्य गरेको अनुभुति हुने गरि काम गर्ने उनले बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठ, नेपाली दलित संघ बर्दियाका अध्यक्ष भिमलाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।




