बर्दिया(जयनगर), माघ ३ गते / माघ २ गते बारबर्दिया नगरपालिकाको जयनगर बिहानै देखि चहलपहल बढिरहेको थियो ।कारण थियो माघ २ गते बुधबार आउने देशकै चर्चित अभिनेता पल शाहको प्रस्तुति रहने कार्यक्रम रहेकोले ।


पल शाहको क्रेज यति देखियो कि बुढा-बुढि देखि बच्चा सम्म मात्र नभइ सम्पूर्णको महोत्सवमा आयोजकका अनुसार करिब २० हजार भन्दा बढि बाक्लो दर्शकहरुको उपस्थिति रहेको थियो । बुधबार साझ करिब ३.३० बजे पल शाह महोत्सव नजिक पुगेको स्टेजबाट जानकारी भए पछि झनै दर्शनहरुका रौनक देखियो । करिब २ बिघा क्षेत्रफल कुर्सी को सुबिधा नभएपनि खचाखच भरिएको थियोे सबै ठाउँ दर्शकले । महोत्सवको स्टेजमा अन्य कलाकारले प्रस्तुति गर्दै रहदा दर्शनहरु भने “पह शाह, पल शाह” भन्दै हुटिङ गरिरहेका थिए । महोत्सवको बुधबार को यो पल शाह मय देखिएको थियो ।

करिब ४ बजे स्टेजबाट महोत्सवको मेन प्रवेश द्वारमा आएको जानकारी गराए पछि सबै दर्शकहरुको हुल पल शाह आउदै गरेको प्रवेश द्वार तिर थियो । कालो रंगको बागमती प्रदेश ०१ को ०२५ च ७०३६ नम्बरको कारको बिचबाट माथी हल्का पहेंलो रंगको कुर्तामा दुई हात जोडेर सबै दर्शकहरूलाई नमस्कार गर्दै प्रवेश गर्दै थियो पल शाहको कार स्टेज तर्फ ।

स्टेज जानका लागि दर्शककै बिचबाटै कार लग्नु पर्ने भएकोले पल शाहको कारलाई स्टेज सम्म सुरक्षित तरिकाले पुर्याउन दर्जनौं प्रहरीलाई हम्मेहम्मे परेको थियो । स्टेज सम्म जाने क्रममा पल शाहलाई छुनका लागि दर्शकहरू कार नजिकै हुदै पल शाहलाई छुने प्रयास गरिरहेका थिए । एक दर्जन टिम सहित आएका पल शाहको टिम स्टेज पुगे संगै पल शाहले अभिनय गरेका गितहरु बज्न सुरु गरेको थियो ।

“हातैमा रहिगो पानैको एक्का” भन्ने गितबाट नृत्य प्रस्तुत गरेका पल शाहले अरुलाई पानकाे पात मायालाई भन्ने गितमा आफ्नो नृत्य प्रस्तुत गर्दै गर्दा दर्शकहरुको कोलाहलले महोत्सव “पल शाह, पल शाह”ले गुन्जिएको थियो । नृत्य कै क्रममा भने बिच बिचमा पल शाहले दर्शकको नजिक गयर हात मिलाउने क्रममा दर्शकहरुको पल शाहलाई छुनलाई तछाडमछाड गर्दै थिए । महोत्सव भित्र करिब १.३० घण्टा बसेका पल शाह स्टेजमा गए देखि नै आफुले अभिनय गरेका धेरै जसो गितमा नृत्य प्रस्तुत गरेका थिए । महोत्सवको एरिया सानो हुदा दर्शक सोचेको भन्दा धेरै दर्शकहरू आउदा महोत्सव आयोजकलाई दर्शनहरुलाई व्यवस्थापन गर्न गाह्रो भएको थियो ।

पल शाहले “आजको यो बारबर्दिया महोत्सवको उपस्थिति ऐतिहासिक दर्शनको उपस्थिति रहेकोले एकदमै खुसी लागेको छ” उनले भने । “माघ १४ गते मेरो नयाँ चलचित्र “मायावी” प्रदर्शन हुदैगरेकोले नजिकैको चलचित्र भवनमा गयर चलचित्र हेरेर माया गरिदानुहुन समेत शाहले आफ्नो आउदै गरेको नयाँ चलचित्रको प्रमोसन समेत गरे । आज माघ ३ गते दुर्गेश थापा र राज कुस्मि आउने बारबर्दिया महोत्सवका संयोजक सुभाष परियारले जानकारी दिए । महोत्सव माघ ५ गते समेत सम्म चल्ने छ ।




