• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २, बुधबार १४:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी, माघ २ गते / म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकका लागि लक्षित गरेर कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा कालिगण्डकीमा जलयात्रा सुरु भएको हो ।

    पर्यटकले कालिगण्डकीमा जलयात्रा गरेर आनन्द लिनेछन् । बेनीको गलेश्वरदेखि कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलसम्म जलयात्रा गरिनेछ । महोत्सवको अवलोकनका साथै म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको मनोरञ्जनका लागि कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको महोत्सव आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताउनुभयो ।

    जलयात्रा गर्न चाहने पर्यटकका लागि महोत्सव गेट नजिक टिकट बिक्री कक्ष स्थापना गरिएको छ ।

    नेपाल रिभर एक्स पोलर प्रालिले महोत्सव अवधिभर कालिगण्डकी नदीमा जलयात्रा गराउने छ । जलयात्राका लागि गलेश्वरदेखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको विभिन्न प्याकेज बनाइएको प्रालिका सञ्चालक सन्तोष गिरीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘कालिगण्डकी नदीमा जलयात्रा गर्दा रमाइलो हुन्छ । यो सिजन कालिगण्डकी नदीमा जलयात्राका लागि उपयुक्त छ । सुरक्षाका उपायाहरु अपनाएर पर्यटकका लागि हामीले जलयात्रा गराउँछौं ।’’

    गलेश्वर–बेनी तीन किलोमिटर दूरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति आठसय शुल्क तोकिएको गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार एक पटकमा आठदेखि दशजना सम्मले जलयात्रा गर्न सक्नेछन् । पर्यटककले इच्छाअनुसार बेनीदेखि मालढुङ्गा, नयाँ पुल, कुस्मा हुँदै मिर्मिसम्मको प्याकेजमा पनि जलयात्रा गराउने तयारी गरिएको प्रालिका सञ्चालक गिरीले बताउनुभयो ।

    Post Views: 185
    प्रकाशित मिति: २०८१ माघ २, बुधबार १४:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.