बर्दिया(जयनगर), माघ १ गते / बारबर्दियाको जयनगरमा जारी महोत्सवमा चर्चित अभिनेता पल शाह माघ २ गते आउने भएका छन ।


घुम्न जाऔं बर्दिया अभियान अन्तर्गत कृषि , उद्योग र पर्यटनमा बृद्धि, बारबर्दिया नगरको समृद्धि भन्ने मुल नाराका साथ बारबर्दिया कृषि , पर्यटन तथा औद्योगीक व्यापार महोत्सवमा चर्चित अभिनेता पल शाह आउने भएको बारबर्दिया महोत्सव आयोजक संयोजक सुभाष परियारले बताए ।

बारबर्दिया उद्योग वाणिज्य संघ बारबर्दिया नगरपालिका बर्दिया द्वारा आयोजित महोत्सव माघ ५ सम्म संचालन हुने वाणिज्य संघका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । आज माघ १ गते मौसकको प्रतिकुलका कारण काठमाडौंबाट नेपालगंजमा आउने प्लेन आउन नसकेपछि आज मंगलबार ज्योति मगर आउन सकिनन भने मगरले भ्वाइस म्यासेज मार्फत मौसम प्रतिकुलका कारण आफु आउन नसकेको बताइन ।

महोत्सवमा थारु गाँउ भित्र स्थानीय परिकारहरु घोघि, माछा, गगटा, ढिक्री लगाएतका परिकार रहेका भने स्थानीय पालिका भित्र उत्पादन भएका सामाग्रीहरुको समेत स्टलहरु रहेका छन ।




