• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्छ : पूर्व उपप्रधानमन्त्री गच्छेदार

  •  
  • २०८१ माघ १, मंगलवार २०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।

    थारु राष्ट्रिय माघी महोत्सव–२०८१ तथा थारु संवत् २६४८ को अवसरमा मङ्गलबार काठमाडौँको टुँडिखेलमा आयोजित सांस्कृतिक कार्यक्रमलाई शुभकामना व्यक्त गर्नुहुँदै नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार गठनको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व र संविधान संशोधन भएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो।

    गच्छेदारले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधनको कुरा गर्दै आएका छन्। राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको हो। थारु जातिले बुझ्नुपर्छ, यो देशमा राई, गुरुङ, नेवार सबै आदिवासी जनजातिले बुझ्नुपर्छ कि, तपाईंको पहिचान मेटाउने गरी संविधान संशोधन हुन्छ भने त्यो संविधान स्वीकार्य हुँदैन र पहिचान स्थापित गर्छ भने मेचीदेखि महाकालीसम्मको थारुले एकै आवाजमा सहयोग गर्छ।”

    उहाँले विगतमा आफू सञ्चारमन्त्री हुँदा २०५० सालमा रेडियो नेपालबाट थारु भाषासहित राई, लिम्बु, भोजपुरी, अवधि लगायत विभिन्न ११ वटा भाषामा समाचार प्रसारण हुने व्यवस्था मिलाएको भन्नुहुँदै थारु समुदायका शिक्षित युवाले यो कुरा बुझ्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले थारु कल्याणकारिणी सभा पूर्खाले स्थापना गरेको संस्था भएकोले यी संस्थाले माघी एकता दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो।  यस्तै थारु आयोगका अध्यक्ष सुवोध सिंह थारुले पूर्वदेखि पश्चिमका थारु बस्तीमा परापूर्वकालदेखि माघी पर्व मनाइदै आएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “माघी मनाउनुको अर्थ थारु समुदायको आफ्नै संस्कृति, परम्परा संरक्षण तथा सम्वर्द्धन गरी मनाउँदै आएका हौँ। विसंगतीलाई छोड्दै जानुपर्छ। भोलिका सन्ततिलाई यो संस्कृति हस्तान्तरण गर्न सकौं। संस्कृति बचाउनुपर्छ, अधिकार पनि स्थापित गर्नुपर्छ।”

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुणकुमार चौधरीले थारु समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो।

    थारु कल्याणकारिणी सभा केन्द्रीय समितिका पूर्व अध्यक्ष नरेन्द्रकुमार चौधरीले मुलुक परिवर्तनका विभिन्न आन्दोलनमा थारु समुदायले योगदान गरे पनि उनीहरुको माग अझै सम्बोधन हुन नसकेको गुनासो  गर्नुभयो। फेरि पनि संविधान संशोधनको आवाज उठेका बेला थारु समुदाय एकजुट हुनुपर्ने उहाँको भनाइ छ।

    संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले थारु समुदायको समस्यासँगै समाधानका कुराहरु पनि उठिरहेको भन्नुहुँदै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो।

    कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनला चौधरी,थारु पत्रकार सङ्घका उपाध्यक्ष सहदेव चौधरी, थारु महिला सभाका केन्द्रीय अध्यक्ष भगवती चौधरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम तमू, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतका व्यक्तित्वले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न जिल्लाका थारु समुदायको मौलिक एवम् सांस्कृतिक नाच तथा झाँकी प्रस्तुत गरिएको थियो।

     

     

     

    साभार गोरखापत्र

    Post Views: 194
    प्रकाशित मिति: २०८१ माघ १, मंगलवार २०:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.