• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

थारु समुदायको गाउँ बस्तिमा माघी पर्वको रौनक

  •  दलबहादुर सुनार
  • २०८१ पुष २९, सोमबार १७:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष २९/ थारु समुदायको गाउँ बस्तिमा माघी पर्वको रौनक छाएको छ । माघि पर्व माघ १ गते मान्ने गरेता पनि थारु समुदायको बाहुल्यता भएका गाउँ वस्तिमा भने पौष महिनाको अन्तिम साता देखिनै माघि पर्वको चहल पहल शुरु भएको देखिन्छ ।

    थारु समुदायले आफ्नो कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि भन्दै कतै महोत्सबको तयारी, कतै उत्सव त कतै माघि मिलन कार्यक्रमको आयोजना गरेका छन् । माघि पर्वको सन्दर्भ पारेर बस्ती स्तरीय मूल समिति बढैयाताल गाउँपालिका– ९ शक्तिनगरले शनिबार माघी उत्सव २०८१ लाई भब्य रुपमा मनाएको छ ।

    ‘थारु सांस्कृति हमार पहिचान : आदिबासी जनजातिको शान’ भन्ने मुल नाराका साथ बिभिन्न थारु संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गर्दै शक्तिनगर टोलले भब्य रुपमा माघी उत्सब मनाएको जनाईएको छ ।

    थारु समुदायको कला संस्कृति प्रवद्र्धन र भेष भुषाको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभा सदस्य भुवनेश्वर चौधरीले माघी उत्सब कार्यक्रमको उद्घाटन गर्दै माघी पर्व थारु समुदायको बिशेष पर्व भएको बताए । थारु जातिले आफ्नो भेष भुषा, खानाका परिकार र संस्कृति पनि बिशेष भएको हुँदा यसको संरक्षण गर्नु पर्नेमा प्रदेश सभा सदस्य थारुले जोड दिए ।

    शक्तिनगरका १४ वटा टोल मध्ये ७ वटा टोलबाट थारु समुदायको लोक प्रिय मघौटा नाच र २ वटा टोलबाट पुरानो संस्कृति डफाको प्रस्तुति गरिएको थियो । शक्तिनगर बस्तीका बड्घर हर थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय १४ वटा टोलका बढ्घर, स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी सञ्चारकर्मी र समाजसेवी लगाएतको उपस्थिति रहको थियो ।

    माघ उत्सब मुल समिति शक्तिनगरकी कोषाध्यक्ष मन कुमारी थारुले स्वागत र प्रेम थारुले कार्यक्रम सञ्चालन गरेको थिए । कार्यक्रममा करिब सात सय बढिको उपस्थिति रहेकोे वडा सदस्य बिष्णु प्रसाद थारुले जानकारी दिए ।

    Post Views: 284
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार १७:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.