काठमाडौं, पुस २८ गते / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।


आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । शुक्रबार पनि सुन प्रतितोला ८०० रुपैयाँले बढेको थियो ।
शुक्रबार प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको महासङ्ले जनाएको छ ।




