• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

संविधान संशोधनका लागि कांग्रेस राष्ट्रिय सहमति बन्नुपर्ने पक्षमा छ – एनपी साउद

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २६, शुक्रबार १५:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, पुस २६ गते / राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन र पुनरावलोकनमा जानुपर्ने  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले बताएका छन् ।

    नेपाल प्रेस युनियन बाँकेले आज बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले संविधानका कमीकमजोरी हटाउन र संविधानलाई अझ जनमुखी बनाउन आवश्यक संशोधनका लागि कांग्रेस राष्ट्रिय सहमति बन्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।

    उनले सुशासन र समृद्धि हासिल गर्न दुई ठुला दल कांग्रेस र एमाले गठबन्धन सरकारमा रहेको बताउँदै मुलुकमा भ्रष्टाचार चुनौतीकै रूपमा रहेको उल्लेख गरे । साउदले सरकारको ‘पर्फर्मेन्स’ उच्चस्तरको हुनुपर्नेमा जोड समेत दिए । अर्थतन्त्र दबाबमै रहेको भन्दै उनले सरकारसामु थुप्रै चुनौती रहेको बताए ।

    केन्द्रीय सदस्य साउदले सरकार, गठबन्धन र पार्टीका बारेमा बुझ्न आफूहरू जिल्ला भ्रमणमा रहेको जानकारी दिए । जिल्ला भ्रमणमा रहेको टोलीमा साउदसँगै केन्द्रीय सदस्यहरू डा. डिला सङ्ग्रौला, गोविन्द बहादुर शाह, अब्दुल सत्तार र चम्पा खड्का छन् ।

    Post Views: 132
    प्रकाशित मिति: २०८१ पुष २६, शुक्रबार १५:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.