बर्दिया(जयनगर), पुस २६ गते / चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी पुस २५ गते देखि संचालित बारबर्दिया महोत्सवमा आउने भएका छन । पुस २६ गते शुक्रबार लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक पंगेनी आउने तय भएको आयोजक बारबर्दिया उद्योग वाणिाज्य संघ बारबर्दिया नगरपालिका बर्दियाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।


गायक पंगेनीका कन्या राशी बोलको गीत अहिले चर्चामा छ । नाति-नातिना, छोराछोरी देखी हजुरआमा हजुरबुवासम्मलाई पंगेनीको गीत मन पर्ने र पंगेनीको चर्चित गीतहरुमा “मन थिएन जोगी बन्नलाई”, “लाउ चेली सिन्दुर लाउ” “ससुरालीमा” “पैसा सापटी” लगायतका गीत बहुचर्चित गितहरु सुन्न र गायक पंगेनीलाई हेर्न स्थानीयहरुको बाक्लो उपस्थिति हुने महोत्सव आयोजनाका संयोजक सुभाष परियारले बताए ।

आज शुक्रबारका दिन महोत्सवमा पंगेनीका साथै चर्चित गायिका भुमिका गिरिको समेत प्रस्तुति रहने संयोजक परियारले जानकारी दिए । आजै डान्सरहरु एलिसा सुवेदी तथा श्रृष्टि लगायत कलाकारको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । माघ ५ गते सम्म चल्ने बारबर्दिया महोत्सवमा स्थानीय परिकारका खाना, स्थानीय उत्पादन सामाग्रीहरु लगायतका करिब ७५ वटा स्टलहरु रहेको र मेला भर करिब ५० हजारले मेला अबलोकन गर्ने समेत संयोजक परियारले भने ।




