• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २५, बिहीबार १६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस २५ गते / परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहतस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ ।

    सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले बिहीबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा. राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ वटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गर्नुभएको हो ।

    यसै वर्षको भारी वर्षाका कारण काभ्रेपलाञ्चोकका रोशी खोला, बेथानचोकलगायतका कैयौँ क्षेत्रमा व्यापक मात्रामा क्षति पुगेको थियो । बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका लागि स्थानीय जनप्रतिनिधिमार्फत उक्त राहत उपलब्ध गराइएको हो ।

    सो अवसरमा मन्त्री डा. राणाले गत वर्षात मौसमको भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोले देशैभरि अकल्पनीय रुपमा मानवीय तथा भौतिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै  मन्त्री डा. राणाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने विषयमा सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

    मन्त्री डा. राणाले नेपाल जलवायु परिवर्तनको चपेटामा परिरहेको र यस वर्षको अकल्पनीय वर्षा र बाढी पनि त्यसैको प्रतिफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता सम्भावित जोखिमको सामना गर्नुपर्ने अवस्थामा नेपाल रहेको विषयमा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत विश्वको ध्यानाकर्षण गराइरहेको उल्लेख गर्नुभयो ।

    उहाँले जलवायु परिवर्तनका कारण सिङ्गो नेपालका अतिरिक्त महिला तथा बालबालिका बढी जोखिममा रहेको तथ्यलाई नेपाली समाज, परिवार र राष्ट्रले नै बुझ्नुपर्ने धारणा राख्दै आफू नेपाललाई जलवायु न्याय दिलाउन लागिपरेको पनि बताउनुभयो ।

    मुलुकको जनसङ्ख्यामा आधाभन्दा बढी महिला रहेका तर उनीहरूका लागि अवसर भने निकै कम रहेको उल्लेख गर्दै मन्त्री डा. राणाले सुरक्षित मातृत्वको पहिलो दायित्व घर  र समाजको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित मातृत्वका लागि पहिलो जिम्मवारी घर र समाज हो, त्यसपछि नीतिगत व्यवस्था गर्ने दायित्व सरकारको हुन्छ, त्यसैले सबैले दायित्वबोधका साथ महिलाका लागि सोच्नुपर्छ ।”

    आफू पनि प्रसव पीडा भाेगेको अनुभवकै कारण सुरक्षित मातृत्वसम्बन्धी संस्था स्थापना गरी अभियानमा लागेको उहाँले स्मरण गर्नुभयो । सोही अभियानकै कारण नेपालका महिलाहरू सुरक्षित मातृत्वसम्बन्धी विषय संविधानमा राख्न सफल भएको पनि बताउनुभयो ।

    प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वको विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ भन्दै उहाँले यसका लागि घर तथा छरछिमेकले पनि साथ दिनुपर्नेमा जोड दिनुभयो ।

     

     

     

    साभार गोरखापत्र

    Post Views: 162
    प्रकाशित मिति: २०८१ पुष २५, बिहीबार १६:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.