• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सोनाहा जातीको परम्परागत सुन चाल्ने पेशा संकटमा

  •  हरि गुरुङ
  • २०८१ पुष २५, बिहीबार १६:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस २५ गते / बर्दिया जिल्लामा बसोबास गर्ने लोपोन्मुख सोनाहा जातिको परम्परागत पेशा संकटमा परेको छ । कर्णाली नदी र नदीको बगरमा आश्रीत सोनाहा जाति सुन चाल्ने र माछा मार्ने परम्परागत पेशामा आश्रित छन् ।

    सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनिहरुको परम्परागत पेशा संकटमा परेको हो । सोनाहा जातीको कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास रहेको छ । ३ वटै जिल्लामा गरी करिव १२ सयको हाराहारीमा उनीहरु छन् । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिव ७ सय २९ जनाको संख्यामा सोनाहाको बसोबास स्थानिय दुःखराम सोनाहले बताउनु भयो ।

    निकुञ्ज घोषणा हुनु अघि सोनाहा जातिका मानिसहरू विना अवरोध नदीको बगरमा छाप्रो बनाएर बस्दै आएका थिए । बगरकै बालुवामा सुन चाल्ने, नदीमा माछा मार्ने पेसा गरी जीवनयापनगर्दै आएको स्थानीय लक्ष्मी सोनाह बताउनु हुन्छ । बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बसोबास गर्ने सोनाहा जातिलाई उनीहरूको मुख्य पेसा नदीमा माछा मार्ने र सुन चाल्न नपाउँदा जीवनयापन गर्न समस्या परेको उहाँको भनाई छ ।

    खेती गर्ने जग्गाको नाममा कर्णाली नदिको बगर मात्र भएको र त्यही बगरमा सुन फलाउने सोनाहरुलाई सामुदायिक वन तथा बर्दिया राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र भित्रका नदीहरुमा सुन चाल्न रोक लगाएपछि भने उनीहरुको दैनिकि कष्टकर बन्दै गएको छ । पछिल्लो समयमा परम्परागत पेशावाट जीवीका चलाउन गाह्रो भएपछि आफूहरुले वैकल्पिक ब्यवसाय अंगाल्न थालेको स्थानिय इन्द्र सोनाहको भनाई छ । सामुहीक वंगुरपालन, कुखुरा पालन, माछापालन किराना पसल लगायतका ब्यवसाय तर्फ आकर्षीत भएको उहाँ बताउनुहुन्छ ।

    केहिले सामुहिक रुपमा होम स्टे समेत सञ्चालन गरेको स्थानिय दया सोनाहको भनाई छ । निकुञ्जले विस्थापित गरेपछि गास, बास र कपासको समस्या त छ नै । राज्यले सम्वोधन नगर्दा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि समस्या देखिएको शान्ति सोनाह बताउनु हुन्छ । नदि बगरलाई कर्मथलो बनाएका सोनाहा जातिले अल्पसंख्यक सीमान्तकृत आदिवासी जनजातिको रूपमा सूचीकृत गर्न मागगर्दै आएका छन् । राज्यले अहिलेसम्म कुनैपनी जातीय समुहमा सुचिकरण नगरेकोले आफुहरुलाई राज्यको सेवा सुविधा लिन र नयाँ तरिकाले जीवन अगाडि बढाउन समस्या परेको उहाँको भनाई छ ।

    सर्वोच्च अदालतले २०७२ मंशिर १६ गते सोनाहा जातीलाई लोपोन्मुख आदिवासी जनजातिको रुपमा सुचिकृत गरी अन्य जाती सरह नै सामाजिक सुरक्षा प्रदान गर्न सरकारको नाउँमा आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन प्रकृया फैसलाको ९ वर्ष पुरा भए पनि  अझ अगाडी बढेको छैन । सुन चाल्ने र माछा मार्ने परम्परागत पेशामा सामुदायिक वन र निकुञ्जले रोक लगाएपछि उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । जातीय पहिचान पनी नहुँदा उनीहरुको अस्तित्व नै संकटमा परेकोले यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

    Post Views: 185
    प्रकाशित मिति: २०८१ पुष २५, बिहीबार १६:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.