• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चीनमा देखिएको एचएमपीभी साधारण भाइरस भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह

  •  
  • २०८१ पुष २५, बिहीबार १२:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस २५ गते / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

    “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, विज्ञप्तिमा भनिएको छ ।मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ ।

    तथापि मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ ।

    एचएमपीभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

    यस्तै, बिरामीको नजिक-सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

    यद्यपी चीनबाट फैलिन थालेको नयाँ भाइरस सरकारले  भने जस्तो  सामान्य भने होइन । चीनको कोभिड–१९ को उद्गम भएको पाँच वर्षपछि अर्को रहस्यमयी भाइरसले मानिसलाई त्रसित बनाएको छ। चिनियाँ अधिकारीहरूले देशका धेरै भागहरूमा यसको प्रकोपको सामना गरिरहेको बताएका छन् ।

    यता यो भाइरस भारतमा पनि देखिएको छ । भारतमा सोमबार रातिसम्म छ जनामा यो संक्रमण भएको छ ।  पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको हो । कर्नाटक र अहमदाबादमा  २-२ जना तथा बंगाल र गुजरातमा १-१ जना बच्चा संक्रमित पाइएका छन् ।
    अहिलेसम्म २ महिनादेखि आठ महिने बच्चामा यो संक्रमण भएको पाइएको छ ।

    यता भारत सरकारले आपतकाल घोषणा गर्ने विषयमा शनिबार संयुक्त बैठक डाकेको भए पनि चीनमा जस्तै असामान्य स्थिति नभएको भन्दै मौसमी फ्लुका रुपमा लिँदै यसको समाधान गर्ने बताएको थियो । यता नेपाल सरकारले पनि एचएमपीभीलाई सामान्य रुपमा लिएको छ ।

    तर फ्लु भन्दा भन्दै यो तीव्र गतिमा फैलिइरहेको छ । भारत र चीनमा फैलिएको भाइरस जुनसुकै बेला नेपालमा फैलन सक्छ । अहिले चिकित्सकले भन्दै आएको मौसमी रुघा अर्थात् सिजनल फ्लु निको हुनसमेत २ हप्ता भन्दा बढी समय लाग्ने गरेकाले रोगको प्रकृति मिले पनि त्यो फ्लुमात्र नहुने आशंका भइरहेको छ ।

    यो भाइरस पहिलो पटक सन् २००१ मा डच अनुसन्धानकर्ताहरूले श्वासप्रश्वासको संक्रमण भएका बच्चाहरूको नमूनाहरू अध्ययन गर्दा पत्ता लगाएका थिए। सो अध्ययनले देखाएको छ कि यो भाइरस कम्तीमा ६ दशकको लागि रहन्छ। यो एक साझा जीवाश्म रूपमा संसारभर फैलिसकेको छ।

    यो भाइरस मुख्यतया खोक्दा र हाछ्युँ गर्दा फैलिन्छ। संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क र दूषित वातावरणको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 151
    प्रकाशित मिति: २०८१ पुष २५, बिहीबार १२:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.