• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शैक्षिक गुणस्तरसंगै विद्यार्थी संख्या बढाउन मन्त्रि तिमिल्सिनाको आग्रह

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २५, बिहीबार ०९:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गेरुवा, पुस २५ गते / बर्दियाको गेरुवा गाउँपालिका ५ सुखार गाउँमा रहेको नवज्योति प्राथमिक विद्यालय प्राङ्गणमा रहेको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन तथा मन्दिर निर्माणमा सहयोग गर्ने शिक्षा प्रेमीहरुलाई सम्मान गरिएको छ । नवज्योति प्राथमिक विद्यालयले पुस २३ गते मंगलबार आयोजना गरेको एक औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केशी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले संयुक्त रुपमा विद्यालय प्राङ्गणमा रहेको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गर्नुभएको हो ।

    यस्तै विद्यालय परिसरमा रहेको नवनिर्मित सरस्वती मन्दिर निर्माणमा सहयोग गर्ने शिक्षाप्रेमीहरुलाई प्रमुख अतिथी, विशेष अतिथीसहित गाउँपालिकाका वडा अध्यक्षले सम्मान गर्नुभएको हो । विद्यालयले आयोजना गरेको कार्यक्रममा शैक्षिक गुणस्तरसंगै विद्यार्थी संख्या बढाउन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले आग्रह गर्नुभएको छ ।

    विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन तथा सम्मान कार्यक्रममा विद्यालय हाता भित्र नवनिर्मित सरस्वती मन्दिर निर्माण तथा मन्दिर भित्रको मुर्ति स्थापनामा सहयोग गर्नु हुने सम्पुर्णमा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केशीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश रावतको पहलमा नवज्योती प्राथमिक विद्यालय परिसरको सरस्वती मन्दिर निर्माणमा स्थानीय समाजेवी तथा शिक्षाप्रेमीहरुको आर्थिक सहयोग तथा मन्दिर भित्र गेरुवा गाउँपालिका ५ का स्वर्गिय गगनसिँह कुंवरका छोराहरु तर्क बहादुर कुंवर र शेर बहादुर कुंवरले आर्थिक सहयोग गरि मुर्ति स्थापना गर्नुभएको हो ।

    गेरुवा गाउँपालिका ५ सुखार गाउँमा रहेको नवज्योती प्रथमिक विद्यालय प्राङ्गणमा रहेको सरस्वती मन्दिर उद्घाटन तथा मन्दिर निर्माणमा सहयोग गर्ने समाजसेवीलाई सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केशी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रशासकीय अधिकृत नर बहादुर चन्दको सहभागिता रहेका थियो ।

    यस्तै वडा नम्बर ५ का वडाअध्यक्ष धर्म प्रकाश चौधरी, गाउँपालिकाका निर्वतमान उपाध्यक्ष हेम कुमारी चौधरी, शिक्षाप्रेमी समाजसेवी प्रेम बहादुर रावल, गेरुवा गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष दयाराम वैध, पालिका भित्रका प्रधानाध्यापक तथा शिक्षक एवं शिक्षाप्रेमी, समाजसेवी, स्थानीय अभिभावक लगायतको सहभागिता रहेको थियो ।

    Post Views: 339
    प्रकाशित मिति: २०८१ पुष २५, बिहीबार ०९:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.