• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तरकारीको बिउविजन पाएपछि स्वावलम्बी समूहका सदस्य खुशी

  •  टिकाराम चौधरी
  • २०८१ पुष २३, मंगलवार १४:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारबर्दिया, पुस २३ गते / तरकारीको बिउविजन पाएपछि स्वाबलम्बी समूहका सदस्यहरु खुशी भएका छन् । कृषि तथा पशु विकासमा आधारित साना किसान यूवा उद्यमशिलता साझेदारी परियोजना अन्र्तगत बारबर्दियामा गठित समुहका सदस्यहरुलाई टनेल समाग्री तथा तरकारी विउ विजन वितरण गरिएको छ ।

    बारबर्दिया नगरपालिका बर्दिया र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको सहजीकरणमा संचालित उक्त परियोजना अन्तरगत नगरका २, ३, ४, ६, ७, ८, १० र ११ वडामा गठित मुल समुह र उपहार  समुहका ५० सदस्यहरुलाई टनेल सामाग्री सेट, मलिचङ्ग प्लास्टिक, क्रेट बितरण गरिएको छ । तरकारीको विउ विजनमा (खुर्सानी, टमाटर, काक्रा, करेला, लौका, बोडी र फर्सि) १ सय २५ सदस्यहरुलाई बितरण गरिएको हो । परियोजनामा आबद्ध कृषि ब्यवसाय संचालन गर्ने सदस्यहरुको थप आय आर्जन अभिबृद्धि गर्ने र जिविकोपार्जनमा सुधार हुने उदेश्यले सामाग्री तथा विउ विजन वितरण गरिएको जनाईएको छ ।

    बारबर्दिया नगरपालिकाको नगर प्रमुख छविलाल थारुले टनेल समाग्री तथा तरकारीको विउ विजन वितरणले कृषकहरुको आयआर्जन तथा जिविकोपार्जन सुधारमा सहयोग पुग्ने अपेक्षा लिएको बताउनु भएको छ । नगर प्रमुख थारुको अध्यक्षतामा भएको बितरण कार्यक्रममा उप–प्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य, वडा नं. २ का वडा अध्यक्ष तथा समाजिक विकास समितिका संयोजक रामफेरन थारु, वडा नं. ४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिता राम योगी, वडा नं. ६ का वडा अध्यक्ष झग बहादुर ओलाी, वडा नं ७ का वडा अध्यक्ष ईन्द्र बहादुर चौधरी थारु, वडा नं. ९ का वडा अध्यक्ष देवेन्द्र कुमार विष्ट, वडा नं. ३ र ८ का वडा सदस्य, पशुसेवा शाखा प्रमुख दिपक राज थापा र कृषि विकास शाखाका प्रमुख झलक राज खड्का लगायतको सहभागिता थियो ।

    बारबर्दिया नगरपालिकाको ११ वटा वडामा २२ वटा मुल समुह र ६६ वटा उपहार समुह गरी जम्मा ८८ वटा स्वावलम्बी समुह र प्रत्येक वडामा यूवा उद्यमशिलता समुह गठन गरी परियोजना संचालन भैरहेको छ । परियोजनामा आवद्ध सदस्यहरुको क्षमता अभिबिद्धि, आयआर्जन क्रियाकलापमा आवद्ध गराउने तथा प्राविधिक सहयोग, दिगो रुपमा स्वावलम्बि समुह संचालन तथा आयआर्जन अभिबृद्धिको लागि सहकारी मार्फत विभिन्न आयमुलक क्रियाकलाप संचालन गर्न लगाउने रहेको छ । सहकारी मार्फत स्वावलम्बि समुहका सदस्यहरुले उत्पादन सामुहिक बजारीकरण गरी जिविकोपार्जनमा सुधार गर्ने उद्देश्यले यो परियोजना संचालन भएको छ ।

    यस परियोजनामा २ हजार २ सय ६९ घरपरिवार स्वावलम्बि समुहमा आबद्ध र २ सय ५५ घरपरिवार यूवाहरु आवद्ध रहेका छन । परियोजना संचालनको लागि बारबर्दिया नगरपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत गरी स्वावलम्बि समुह र यूवा समुहका सदस्यहरुको विभिन्न आयमुलक, क्षमता अभिबृद्धि, प्राविधिक सहयोग र सामाजिक पुँजी निर्माणको लागि परियोजना संचालन भएको थारु महिला उत्थान केन्द्रका परियोजना संयोजक किशोरकुमार थारुले जानकारी गराउनु भएको छ ।

    Post Views: 473
    प्रकाशित मिति: २०८१ पुष २३, मंगलवार १४:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.