• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइँदै, दुई दिन राखेर चितवन बयानका लागि पठाइने

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ११, मंगलवार १०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठामाडौं, मंसिर ११ गते / सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदैछ ।

    काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि अदालतबाट पक्राउ अनुमति जारी भएको छ । योसँगै उनलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएको हो ।

    बिहानै ल्याउने भनिएको भए पनि टिकटमा समस्या भएका कारण उनलाई बिहान ल्याउन नसकिएको प्रहरीले जनाएको छ । टिकट मिलेपछि काठमाडौँ ल्याइने भएको छ ।

    प्रहरीका अनुसार उनलाई भोलिसम्म काठमाडौँमा राखेर बयान लिइने छ भने त्यसपछि चितवन लगेर बयान लिइने छ । स्रोतका अनुसार यही बेलामै पर्सा प्रहरीले पनि पक्राउ पुर्जाी जारी गरेमा उनलाई चितवनबाट वीरगञ्ज लगेर बयान लिइ पोखरा फिर्ता पठाइने छ ।

    यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएका लामिछानेविरुद्ध पुर्जी जारी भएको थियो । त्यसपछि लामिछानेलाई रुपन्देही पुर्याई चार दिनमा २२ घण्टा लगाएर बयान लिइएको थियो ।

    चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

    आइतबार कास्की जिल्ला अदाललतले हिरासतमा राख्न १५ दिन म्याद थप गरिदिएर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    सहकारी ठगीमा इन्कारी जवाफ दिइरहेका लामिछानेले विभिन्न सहकारीमा ऋण तिर्न कोटेको चेक फेला परेका समाचार बाहिरिएका छन् । यस विषयमा उनले जवाफ दिन आलटाल गरेको प्रहरी स्रोतले जनाएको छ ।

    कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो ।

    काठमाडौँमा छविलाल जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ गते छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 131
    प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलवार १०:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.