• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो

  •  माउण्टेन संवाददाता
  • २०८१ श्रावण ७, सोमबार ०९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, साउन ७ गते / आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

    साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

    साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

    व्रत बस्नुको कारणबारे डा. शास्त्री भन्छन्, ‘व्रत शब्दले मानिसको कल्याणकारी भावनालाई बुझाउँछ । कुनै उद्देश्य प्राप्तिका लागि सनातन रुपमा गरिने उपासनाको पद्धति हो । व्रतले हाम्रो जीवन, स्वास्थ्य, अध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्दछ ।’

    हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ ।

    गेरु वस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

    सोमबारलाई शिवको बार मानिन्छ । किनभने शिवको शीरमा चन्द्रमा छन् र ग्रह नक्षत्रअनुसार चन्द्रमाको बार सोमबार हो । फेरि अर्को प्रश्न उठ्नसक्छ साउनकै सोमबारको यति धेरै महत्व किन ? किनभने सूर्य कर्कट राशीमा जान्छन् । कर्कट राशी चन्द्रमाको राशी हो । त्यसकारण साउन महिनामै पूजा गर्ने विधान बसेको डा. शास्त्री बताउँछन् ।

    डा. शास्त्रीका अनुसार शिवलिंगमा जल चढाउनुको कारण ऊर्जाको समन गर्नु हो । ‘जहाँ शिवलिंग स्थापना गरिन्छ, त्यहाँ यति धेरै ऊर्जा जम्मा हुन्छ कि, त्यसलाई समन गरिएन भने पृथ्वीमा प्रलय हुन्छ, त्यही भएर पनि दूध, जल, पञ्चामृत अर्पण गर्नुपर्छ ।’

    शिवलाई जल चढाउनुको कारण

    शिवलिंगमा जल चढाउनुको अर्को कारणलाई कतिपयले धार्मिक कथासँग पनि जोड्ने गर्दछन् । देवता र दानव मिलेर समुद्र मन्थन गर्दा १४ रत्नहरु निस्किए । सबैभन्दा पहिले लक्ष्मी, मणि, पारिजात, धनवन्तरी क्रमैसँग निस्किए ।

    त्यसक्रममा कालकुट विषपछि अमृत निस्कियो । विषले सृष्टिको विनाश गर्ने भएपछि शिवले त्यसलाई पिइदिए । विषको असरले उनको शरीरमा जलन हुन थालेपछि पानीले सेचन गर्दै शीतलता प्रदान गरियो । त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा सुरु भएको बताइन्छ ।

     

     

     

     

    अनलाइनखबर/साभार

    Post Views: 266
    प्रकाशित मिति: २०८१ श्रावण ७, सोमबार ०९:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.