• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया अस्पतालमा हेमोडायलाईसिस सेवा सुचारु

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख ११, मंगलवार २१:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,बैशाख ११ गते / बर्दिया अस्पतालमा मिर्गौला रोगीहरुका लागि हेमोडायलाईसिस सेवा सुरु भएको छ । बर्दिया अस्पतालमा आज बैसाख ११ गते मंगलबार देखि हेमोडायलासिस सेवा शुभारम्भ भएको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेले बताए। 

    अस्पतालमा हेमोडायलासिस सेवा सुचारु भएको पहिलो दिनमै दुई जना मिर्गौलाका बिरामीले सेवा लिएको समेत डा. पाण्डेले जानकारी दिए । डायलासिस सेवा सुचारु भएकोमा अरु ठाउँ धाउन नपर्ने हुदा आफ्नै स्थानीय जिल्ला अस्पतालमा गर्न पाउदा खुसी लागेको गुलरिया नगरपालिका बडा नं ९ का डायलासिस गर्न आएका भिम बहादुर सुनारले बताए । हेमोडायलासिस सेवा नहुँदा म जस्ता मिर्गौला रोगीहरुलाई अन्यत्र जिल्ला धाउनु पर्ने बाध्यता हटेको र अब यस बर्दिया जिल्लाका मिर्गौलाका बिरामीले आफ्नै जिल्लामा सेवा लिन पाउँदा हामी जस्तालाई सहज रहने डायलासिस गर्न आएका सीताराम चौधरीले भने ।

    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले आज बैसाख ११ गते मंगलबार एक कार्यक्रमका बिच बर्दिया अस्पतालमा हेमो डायलाईसिस सेवा समुद्घाटन गरेका छन ।

    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट चार र स्वास्थ्य विभागबाट एउटा गरि पाँच वटा हेमोडायलाईसिस मेशिन प्राप्त भएको बर्दिया अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले जानकारी दिए ।

    हेमोडायलाईसिस समुद्घाटन कार्यक्रममा बोल्दै पुन मगरले भने आज यो डायलासिस सेवा प्रवाहको सुरुवात भएको र भोलिका दिनमा पनि यस प्रदेश कै उत्कृष्ट बर्दिया अस्पताललाई आवश्यक पर्ने हरेक सुविधासम्पन्न गर्न आफु लागि पर्ने समेत उनले भने। 

    यो डायलासिस सेवा ल्याउन अधिकतम पहल गर्ने संघीय माननिय संजय कुमार गौतम, बर्दिया अस्पताल व्यवस्थापन समिति, लगायत यस क्षेत्र जिल्लाका हरेक माननीयको सहयोग रहेकोले सबै धन्यवाद को पात्र रहेको लुम्बिनी प्रदेश सांसद भुनेश्वर चौधरीले बताए। डायलासिस संगै यस अस्पतालको जिर्ण भईसकेको ईमरजेन्सी सेवा भवन निर्माण तुरुन्त पहल गर्न समेत सांसद चौधरीले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    कार्यक्रममा बोल्दै बर्दिया अस्पतालका प्रमुख डा.सुभाष पाण्डेले भने अस्पतालबाट दिने सुविधा नियमित राम्रो गर्ने प्रयास जारी नै रहेको र हाल गत बर्षमा ४४ हजारले अस्पतालबाट सेवा लिएकोमा यस बर्षमा हाल सम्म १ लाख भन्दा बढीले अस्पतालबाट सेवा लिएकोले सेवाग्राहिको चाप दिनानुदिन दोब्बर बढेकोले डाक्टर र नर्सहरुको समेत अभाव देखिन सक्ने भएकोले यस बिषयमा गम्भीर हुन उनले बताए। कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थी, लुम्बिनी प्रदेशका पूर्व तिलक शर्मा, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्रहरी उपरीक्षक प्रबिण धिताल, बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डेय, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी लगायतको उपस्थिती रहेको थियो ।

    Post Views: 412
    प्रकाशित मिति: २०८१ बैशाख ११, मंगलवार २१:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.