• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

घरेलु मदिरा बनाउने मर्चाको गुणस्तर मापन गर्ने अनुसन्धानमा गण्डकी विश्वविद्यालय सफल

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १२, शुक्रबार २१:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा,माघ १२/गण्डकी विश्वविद्यालयले घरेलु मदिरा बनाउन प्रयोग गरिने तत्व मर्चाको गुणस्तर मापन गर्न मिल्ने गरी अनुसन्धान सफल भएको जनाएको छ ।विश्वविद्यालयले साढे २ वर्षभन्दा बढी समय लगाएर मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको उपकुलपति प्राडा नवराज देवकोटाले जानकारी दिए । मर्चा घरेलु मदिरा बनाउनुअघि खाद्यान्नलाई कुहाउन प्रयोग गर्ने गरिन्छ । विशेषगरी कोदोबाट घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तरमा अध्ययनका क्रममा व्यापक विविधता पाइएको प्रा.डा. देवकोटाले बताए । उनले अनुसन्धानका क्रममा मर्चामा हुने कुन जिवाणु स्वास्थ्यवर्द्धक र कुन जीवानु हानिकारक भन्ने पत्ता लागेको बताए ।

    ‘खास गरी मर्चाको सुक्ष्म जीवहरु ढुसी र इस्टको अतिउत्तम स्ट्रेन आइसोलेसन मात्रालाई गुणस्तरीयता कायम गरेर कोजी निर्माण गर्‍यौं’, उनले भने, ‘उक्त कोजी मिसाई बनाइएको मर्चा प्रयोग गरेर रक्सी बनाउँदा त्यस्तो रक्सीमा कुनै विषाक्तताको मात्रा खासै भेटिएन ।’ मर्चामा हुने मिथाइल सर्वाधिक हानिकारक हुने र त्यसले मानिसको ज्यानसमेत जान सक्ने उनले खुलाए । अनुसन्धानका क्रममा मर्चाको मात्राले रक्सीको गुणमा फरक नपार्ने तर, खराब मर्चा प्रयोग गर्दामात्रै रक्सी विषाक्त बन्ने खुलेको विश्वविद्यालयले जनाएको छ । ‘रक्सी हाम्रो नेपाली संस्कृतिसँग जोडिएको छ । यसलाई घरघरै गएर बन्द गर्न सकिँदैन’, प्राडा देवकोटाले भने, ‘तर, अब यसको गुणस्तर मापन गरेर बजारिकरण र स्तरीयकरण गर्न सकिन्छ ।’ कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि अध्ययन संस्थान, धरानसँगको सहकार्यमा उक्त अध्ययन गरिएको प्राडा देवकोटाले जानकारी दिए ।

    अध्ययन, अनुसन्धान टोलीमा गण्डकी विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा देवकोटा, डा.कैलाश तिमिल्सिना, डा.राजकुमार थापा, डा.सुशिल भण्डारी, डा.कपिल अधिकारीलगायत थिए । त्यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको डिपार्टमेन्ट अफ माइक्रोबायोलोजीका डा रेवन्त भट्टराई, प्राडा होमबहादुर बस्नेत सहभागी रहेको प्राडा देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार अनुसन्धान सुरु गर्नुअघि विभिन्न ठाउँबाट मदिरा, मर्चा संकलन गरी खाद्य विभागको प्रयोगशालामा परीक्षण गर्न लगिएको थियो । ‘त्यो परीक्षणमा ५० प्रतिशतभन्दा बढी अखाद्य पदार्थ प्रयोग भएको पाइयो, त्यसले हाम्रो स्वास्थ्यलाई सिधै हानी पुर्‍याउँथ्यो’, उनले भने, ‘त्यहीबाट यो विषयमा अध्ययन गर्ने आधार पायौं ।’

    त्यसपछि गण्डकीका विभिन्न ७ जिल्लाबाट मर्चा संकलन गरिएको थियो । संकलित मर्चालाई कृषि तथा वनविज्ञान विश्वविद्यालयको ल्याबमा परीक्षण गरिएको थियो । त्यहाँबाट पनि अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि खाद्य प्रविधि अध्ययन संस्थान, धरानबाट थप अनुसन्धान गरिएको प्राडा देवकोटाले जानकारी दिए । अब विश्वविद्यालयले आफ्नै मर्चा बनाएर खराब मर्चालाई विस्थापन गर्ने लक्ष्य राखेको प्राडा देवकोटाले योजना सुनाए । ‘लामो समय लगाएर अनुसन्धानमा सफल भएका छौं । अब यसलाई हजारौंमात्रामा उत्पादन गरेर परीक्षणसहित समुदायमा पुर्‍याउँछौं,’ उनले भने, ‘रक्सी खाने चिज त होइन । तर, खाएर मर्नु पनि त भएन ।’

    खाद्य प्रविधि अध्ययन संस्थान, धरानबाट पहिलो चरणमा गुणस्तर मापन भइसकेको डेढ सय थान मर्चा ल्याइएको र अब विश्वविद्यालयमा त्यसबारे थप अनुसन्धान गरिने प्राडा देवकोटाले जानकारी दिए । ‘अब हाम्रो फार्मेसीका विद्यार्थीलाई यो विषयमा थप अनुसन्धान गर्छौं । अनुसन्धानपछि मर्चा र रक्सीको प्रोटोकल मापन गरिन्छ’, प्राडा देवकोटाले भने, ‘गण्डकी प्रदेश सरकारलाई उक्त विधिको प्रयोग गरी कानुनी तवरवाट सुरक्षित हुने गरि कसरी निजी क्षेत्रमा रक्सी उत्पादन गर्ने सो योजना तयार गरिन्छ ।’साभार अनलाइनखबरबाट

    Post Views: 215
    प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार २१:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.