• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ओ सिड्नी! ओ सिञ्जा!

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० माघ ४, बिहीबार १०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हटारु,जसले आफ्नो वस्ती छोडेर गोल भूगोल चहारे!उनैमा समर्पित भएर स्रष्टा मनऋषि धितालले हृदयको क्षितिज चहारे,गोल भूगोल चहारेका हटारुले के पाए मैले सोध्न भ्याएको छैन ,तर मनको गुफाबाट निस्केका स्रस्टा धितालले मलाई नमागेरै अनमोल उपहार दिए,,ओ सिड्नी! ओ सिंजा!

    आज म यही उपहारको पोको खोली हेर्दैछु।

    मान्छेको मन भावनाको खानी हो।सबै भावनाहरु शब्दमा अनुवाद हुन सक्दैनन् ।भावनाको वेग शक्तिशाली हुन्छ ।त्यो वेग थेग्न सक्तैनन् शब्दहरू ।अपसोच! सबै वेदनाका भावहरु शब्दमा व्यक्त हुने भए,मान्छे रुने थिएन ,खुसीहरु शब्दमा प्रकट हुने भए ,दातका लहर खोलेर मान्छे हास्ने थिएन ,गहिरो प्रेम प्रकट गर्न कोही अधैर्य भएर अङ्कमाल गर्न जाने थिएन ।सबै भावहरु शब्दमा नै प्रकट हुने थिए।तर दुखको कुरा भावनाका सामु शव्द अकिन्चन छन् ,कमजोर छन् ।फेरि पनि शब्दशिल्पीहरु हृदयको गहिराइमा डुबेर जीवनका अनुभूतिहरुलाई शब्दमा अनुबन्ध गर्ने सतत प्रयत्न गर्दछन् ।त्यही गहन प्रयत्न गरेका छन् ,कवि मनॠषि धितालले।

    म सुदूर स्मृतिमा पुग्छु, बालापनको समय ,एक दिन म थिए ,मेरो आत्मीय साथी ईश्वर रेग्मी थियो ।हामी दुई पाताभारको सनकट्टी घाट हुँदै टिकापुर जादै थियौं । भाइ मनॠषि हामीलाई नछाड्ने भए।म उनलाई साथमा लिन चाहदैनथे। किशोर वय पनि विचित्रको हुदोरहेछ । भाइबहिनीहरुलाई साथमा लिन मनै नलाग्ने ।अन्ततः आधा बाटोबाट धेरै सम्झाएर ,हकारेर उनलाई फर्कायौ र हामी हिड्यौ टिकापुर।हिड्नु एउटा रहर रहेछ ,तर यात्रा नेपालीको विवशता हो।कर्णालीकि सानी बहिनी हिमा नदीको किनार धिताल लिही सिजामा जन्मेका मनॠषिको जीवन बालापनदेखि नै यात्रामा बित्यो ।हिमाल ,पहाड तराई हुँदै देश देशावर पुगे उनी।मानव मुक्ति र स्वतन्त्रताको लामो यात्रामा हिडे उनी। प्रगतिवादी दर्शनलाई जीवन यात्रको गन्तव्य बनाएर आफ्ना हार्दिक भावनाहरु उनले यस सुन्दर कविता सङ्ग्रहमा प्रस्तुत गरेका छन् ,म यसको रसास्वादन गरिरहेको छु।

    Post Views: 435
    प्रकाशित मिति: २०८० माघ ४, बिहीबार १०:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.