• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देवकोटा, दीपावली र नेपाली साहित्य

  •  राजेन्द्र प्रसाद धिताल
  • २०८० कार्तिक २७, सोमबार २०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक २७/ नेपाली साहित्यका युगपुरुष एवंकाव्य सम्राट महाकवि लक्ष्मी प्रसाद देवकोटा वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाका दिन काठमाण्डौको डिल्लीबजार, धोबीधारामा जन्मेका थिए । पण्डित तीलमाधव देवकोटाका साहिला पुत्ररत्नका रुपमा जन्मेका महाकविको न्वारनको नाम तीर्थ माधव देवकोटा थियो । लक्ष्मीपूजाका दिनमा जन्मेका हुनाले धनधान्यकी देवी लक्ष्मीकै प्रसाद सम्झेर उनका पण्डित पिताले लक्ष्मीप्रसाद नाम राखिदिए । कस्तो विचित्र विडम्बना ? लक्ष्मीका प्रसाद ठानिएका देवकोटाले कहिल्यै पनि धनलाई महत्व दिएनन् । उनी त आजीवन विद्याकी देवी सरस्तीकै साधक बने र नेपाली साहित्यका अजम्बरी स्रस्टाका रुपमा त्रिकालजीवी बने ।

    देवकोटाको साहित्य साधना वाल्यकालदेखि नै प्रारम्भ भयो । मानव जीवनको क्षणिकताले उनलाई सानैमा चिमोट्न थाल्यो । यो जीवन घनघोर दुःख सागर भैm भएको अनुभूति हुनथाल्यो र त्यो जीवनको उषामै सम्पूर्ण दम्भ र अहंकारहरु व्यर्थ हुन् भन्ने दिव्य ज्ञानदृष्टि प्राप्त भयो । त्यहीबाटै उनको सिर्जनाको महायात्रा आरम्भ भयो र उनले दश वर्षकै उमेरमा कविता लेखे । जसका दुई पंक्ति यस प्रकार छन् :

    ‘घनघोर दुःख सागर छ जीवन भाइ
    नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई ।’

    वाल्यकालमै हृदयमा कवीत्वको विजाधान भैसकेका महाकवि यौवनकालमा पुग्दा त उनको कवित्वमा विस्मयकारी यौवन देखापर्यो । वि.सं.१९९१ सालमा ‘मुनामदन’ को जन्म भयो । यो कृति नेपाली साहित्यमै ‘कालजयी’कृति मानिन्छ । त्यसपछि महाकविको कवित्व उर्लिएर वग्न थाल्यो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’महाकाव्य र एक दिनमै ‘कुञ्जिनी’ खण्डकाव्य लेखेर उनले समकालीन स्रष्टाहरुलाई विस्मित पारिदिए । देवकोटाका अहिलेसम्म शाकुन्तल, सुलोचना, प्रमिथस्, वनकुशुम, महाराणा प्रताप र पृथ्वीराज चौहान गरी ६ वटा महाकाव्यहरु पूर्ण रुपमा प्रकाशित छन् । त्यस्तै मुनामदन, कुब्जिनी, मैना, राजकुमार प्रभाकर, लुनी जस्ता २१ वटा खण्डकाव्यहरु छन् ।

    अनुसन्धताहरुले विभिन्न कविता संग्रह तथा पत्र पत्रिका प्रकाशित गरी ६६४ फुटकर कविता भेटिएको ठहर गरेका छन् । कतिपय समालोचकहरुले उनका कृतिहरुको संख्याङ्कन नगर्नु नै श्रेयकर ठानेका छन्, वरु अझै खोजी गर्नु पर्ने तर्क अघि सारेका छन् । कविता वाहेक देवकोटाले लक्ष्मी निबन्ध संग्रह र दाडिमको रुखनेर निवन्ध संग्रह, कथासंग्रह, नाटक (सवित्री सत्यवान) र चम्पा (उपन्यास) पनि लेखेका छन् । कविता र विबन्धमा भने उनको स्थान अजेय छ ।

    प्रवृत्तिका दृष्टिले देवकोटा स्वच्छन्दतावादी कवि हुन् । विश्व प्रशिद्ध कवि शेली, किट्स र वर्डस्वर्थसँग देवकोटा प्रभावित छन् । देवकोटाका काव्यकृतिहरुमा स्वच्छन्दतावादी काव्यधारा स्वस्फूर्त रुपमा वगेको पाईन्छ । देवकोटा प्रकृतिप्रेमी, मानवतावादी, हार्दिक, भावुक र कोमल कवि हुन् । देवकोटा कहिल्यै पनि छन्द, अलंकार आदिका पछाडि कहिल्यै दौडेनन् । वरु तिनै साहित्यिक सिद्धान्तहरुले देवकोटाका पदचिन्ह पछ्याए । मनोरम कल्पनाको वागमा रमाउने देवकोटा सहज र प्राकृत कवि हुन् । उनको आसुकवित्व पहाडको झर्ना र छहरा झरेझै बेगपूर्वक प्रवाहित भएको पाइन्छ । त्यसैले उनमा संसोधन र परि मार्जनको आभाव छ । समालोचकहरुले उनका कृतिहरुलाई यदाकदा वालुवा मिसिएको पानीसम्म पनि भनेका छन् ।

    देवकोटा न्यायप्रेमी, कान्तिकारी र विद्रोही कवि थिए । राणाशासनको विरोधमा उनले युगवाणी (२००४) को सम्पादन गरेका थिए । ‘पागल’‘साँढे’‘प्रभू जी भेडो बनाउ’ ‘भाचू कि मेरो कलम’ जस्ता उनका कविताहरु उनका विद्रोही भावनाकै प्रतीक हुन् । मान्छे–मान्छे वीचको विभेद, सामाजिक अन्याय, राजनैतिक स्वार्थलिप्सा देवकोटाका लागि असैह्य कुराहरु हुन् । आफू कठोर वेदनामा जले पनि देवकोटाले कलमको विक्री गरेनन् । स्वाभिमानी शिर झुकाएनन् । जुनकुराले हरेक युगका नेपाली लेखक कविहरुलाई झकझक्याइरहने छ ।

    देवकोटा भाषा– प्रकाशिनी समितिमा जागिरे भए, त्रिचन्द्र कलेजका प्रध्यापक भए, देशका मन्त्रीसम्म भए, अंग्रेजीका गुरु भएर दिनमा १६ घण्टासम्म ट्युसन पढाए तर उनले पैसा बचाउन सकेनन् । भावकु र कोमल हृदयका देवकोटा उदार थिए । नेपाली समाजले उनको उदारताको र विद्वताको शोषण ग¥यो । उनको जीवन राहतमा नभई आहतम वित्यो । तर जस्तो सुकै कठिन परिस्थितिमा पनि देबकोटा न शिर झुकाए न त सृजना नै गर्न छोडे ।

    अत्याधिक चुरोट सेवनका कारण २०१६ सालमा ५० वर्षको उमेरमा नै उनलाई भयानक क्यान्सर रोगले सांघातिक आक्रमण गर्यो र देवकोटाले पार्थिवदेह त्याग गरे । उनले ४० दशक नेपाली साहित्यका लागि जति योगदान पु¥याए त्यो स्तुत्य छ र अझ समालोचकका भनाईमा ‘नभूतो न भविष्यति’छ । दीपावलीको दिनमा आफ्नो भाषा र साहित्यका लागि केही योगदान गर्ने दृढ भावना जगाउन सक्यौ भने मात्र उनको साँचो सम्झना गरिएको मानिने छ । नेपालीलाई दीपावलीमा देवकोटालाई सम्झेर आफ्नो साहित्यको श्रीवृद्धि गर्ने सत्प्रेरणा मिलोस्, साथै महाकविको दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली ।

    Post Views: 455
    प्रकाशित मिति: २०८० कार्तिक २७, सोमबार २०:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.