• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वेपत्ता नागरिकका आफन्तका पीडाप्रति राज्य सम्वेदनशील बन्नु पर्छ

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र १५, आईतवार १२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    २०५२ सालदेखि ०६२ सम्म देशले सशस्त्र विद्रोहको सामना ग¥यो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्धको नाम दिएर संचालन गरेको उक्त विद्रोहलाई प्रारम्भमस राज्यले दमन गर्ने नीति लियो । विद्रोही माओवादीलाई राज्यले आतंककारीको करार दियो । दुई पक्षबीच भएको द्वन्द्वमा धेरै निर्दोष नागरिकको ज्यान गयो । धेरै अङ्गभङ्ग र घाइते भए भने धेरै नागरिकहरु बेपत्ता छन् र अहिलेसम्म उनीहरूको अवस्था अज्ञात छ।नागरिकहरुलाई बेपत्ता बनाउने काममा राज्य र विद्रोही दुबै पक्षको भूमिका छ । पक्राउ परेका नागरिकहरुलाई राज्यले बेपत्ता पारेको छ भने कतिपय अवस्थामा नागरिकलाई विद्रोही माओवादी ले बेपत्ता पारेका छन् । नागरिकलाई बेपत्ता बनाउने कार्य युद्धको नियमभित्र पर्दैन । यो एक प्रकारको गम्भीर मानवता विरुद्धको अपराध हो । शान्ति प्रक्रियामा आई सकेपछि यो विषय शान्ति प्रक्रियामा सहभागी पक्षहरुको गम्भीर चासोको विषय बन्नु पथ्र्यो तर दुबै पक्ष यो विषयमा सम्वेदनशील बन्न सकेका छैनन् । विगत द्वन्द्व कालमा सरकारमा रहेका दल होउन् वा शान्ति प्रक्रियापश्चात् बनेका सरकारहरुमा सहगागिता रहेका राजनैतिक दल होउन् सबै प्रकारका नेतृत्वले यो विषयलाई जिम्मेवार ढंगले समाधान गर्ने प्रयास गरेको देखिदैन । बेपत्ता नागरिकका आफन्तहरुको सङगठित प्रयत्न र अन्तर्राष्ट्रिय दवावका कारण विषयबस्तुलाई टालटुल पार्न सरकारले सामान्य प्रयास गरेको छ । राहतका सामान्य कार्यक्रम र बेपत्ता आयोग गठनको काम गरेर सरकार जालझेल गरिरहेको छ र विषयबस्तुलाई लामो समयसम्म अल्झाएर सरकार घटना विर्साउन चाहन्छ । त्यसो गर्नु मानवीय कार्य होइन । बेपत्ता नागरिकको अवस्था सार्वजनिक गराउन र सत्य निरुपण गर्न सरकारमाथि व्यापक दवाव बढाउनु पर्छ र राज्यलाई जवाफदेही बनाउन सबै पक्षबाट पहलकदमी लिइनुपर्छ ।

    Post Views: 191
    प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १२:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    भन्सार छली गरी ल्याएको ४५ क्विन्टल तोरी सहित ९ जना पक्राउ
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.