• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा रासायनिक मलको चरम अभाव झेल्दै किसान

  •  हरि गुरुङ्ग
  • २०८२ श्रावण १३, मंगलवार १०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी प्रदेशको बर्दियामा किसानहरूलाई रासायनिक मल (यरिया) को चरम अभाव परेको छ ।


    नेपालको कुल उत्पादनको करिब ६ प्रतीशत अन्न फल्ने बर्दियामा युरिया मलको कमिले धान खेति मा प्रतिकुल असर पार्न लागेको छ । युरिया मलको कमिले धान पहेलो हुन् लागेको मधुवन नगरपालिकाका स्थानिय कृषक फुला राम थारुले बताए । “रासायनिक मल पाउन किसानहरू टन्टलापुर घाममा लाइन बस्न बाध्य भएका छन् । लाइन बस्दा पनि मल पाउन कुनै निश्चित छैन् ।” किसान फुलरामले बताए ।

    बर्दियामा आर्थिक बर्ष २०८१/०८२ मा ६ हजार २० मेट्रिक टन युरिया आएको भए पनि १२ हजार मेट्रिक टन युरिया आवश्यक पर्ने भएकोले हाल युरिया को अभाव भएको कृषि सामग्री लिमिटेड बर्दियाका प्रमुख लाल बहादुर थारुले जानकारी दिए ।

    सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानको माग अनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव हरेक वर्ष झेल्दै आएका छन् । बर्दियाका आठै पालिका प्राप्त मल कोटा अनुसार मेट्रिक टनमा गुलरिया नगरपालिकामा ८३ दशमलव ४८६, मधुवन नगरपालीकामा ८३ दशमलव ४३०, ठाकुरबाबा नगरपालिकामा ६४ दशमलव ९०९, बढैयाताल गाउँपालिकामा ७८ दशमलव ०९०, बाँसगढी नगरपालिकामा ७७ दशमलव ७५७, बारबर्दिया नगरपालिकमा ८६ दशमलव ७१२, राजापुर नगरपालिकामा १ सय ३८ दशमलव ४९४, गेरुवा गाउँ पालिकामा ७० दशमलव ८०४ कोटा रहेको छ भने जम्मा ६ सय ८३ दशमलव ६८१ मेट्रिक टन रासायनिक मल कोटा रहेको प्रमुख थारुले बताए ।

    रोपाइँ सकिएको एक महिना भित्र धानमा रासायनिक मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना हुन लाग्दा समेत रासायनिक मलको अभाव खेप्दै परेको कृषक हरिहर चौधरीले बताउछन् । “रासायनिक मल पाउन टन्टलापुर घाममा लाइन बस्दा पनि मल पाउन कुनै निश्चित भने छैन ।” कृषक हरिहरले भने ।

    सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मल उपलब्ध गराउन सकेको छैन् । रासायनिक मल प्रयाप्त मात्रामा उपलब्ध नभएमा किसान धान खेतिबाट घाटामा जाने साथै ऋणमा समेत डुब्ने अवस्था आएको छ । सीमावर्ती क्षेत्रमा अवैध तरिकाले रासायनिक मल भित्रिए पनि किसानले पाउनका लागि विचौलियाको सहारा लिनु परेको छ । हरेक वर्ष बर्दिया जिल्लामा रासायनिक मल अभाव हुने गरेको छ । रासायनिक मलको अभाव हटाउन स्थानिय, प्रदेश र संघीय सरकारले मनन गर्न जरुरी देखिन्छ ।

    Post Views: 252
    प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.