• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

समयमा काम नगर्ने पाँच निर्माण व्यवसायी लाई गेरुवा गाउँपालिकाले लगायो जरिवाना

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण ८, बिहीबार १०:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको गेरुवा गाउँपालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीस्वरूप जरिवाना गरेको छ । पालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई कारबाही गरी २३ लाख ४२ हजार सात सय ५४ रुपैयाँ जरिवाना लिएको हो ।


    सार्वजनिक खरिद ऐनमा तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाही हुने व्यवस्था छ । समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशत जरिवाना हुने कानुनी व्यवस्था छ । पालिकाले सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीबाट जरिवाना संकलन गरेको हो ।

    पालिकाभित्र सञ्चालित तारजाली र सडक निर्माणमा ढिला गर्ने निर्माण व्यवसायीलाई कारबाही गरी जरिवाना संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । उनले भने, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीबाट २३ लाख ४२ हजार ७ सय ५४ रुपैयाँ जरिवाना संकलन गरेको हो ।’

    पालिकाका अध्यक्ष जमानसिंह केसीले पालिकाभित्र सञ्चालन भइरहेका विकास निर्माणमा हुने लापरबाही र ढिलासुस्तीलाई कम गर्न र तोकेको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिएको बताए। उनले भने, ‘पालिकाले सञ्चालन गरेको विकास निर्माण समयमा सम्पन्न हुनुपर्छ। समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको छ ।’

    Post Views: 263
    प्रकाशित मिति: २०८२ श्रावण ८, बिहीबार १०:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.