• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाइ लालपूर्जा वितरण

  •  अजय चापागाई
  • २०८२ असार ३२, बुधबार १७:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया जिल्लामा रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाण पत्र(लालपूर्जा) वितरण गरिएको छ । असार ३२ गते(बुधबार) भूमि समस्या समाधान आयोग बर्दियाले सम्पूर्ण प्रक्रिया पु¥याई लालपूर्जा वितरण गरेको हो ।


    बर्दिया जिल्लाको प्रमुख समस्या भनेको भुमिहीन दलित र भुमिहीन सुकुम्बासीको समस्या रहेको र आजको यस लालपूर्जा वितरण कार्यक्रमबाट भुमिहीनहरुलाई पूर्ण रुपमा जग्गा प्राप्तीको सुरुवात गरिएको बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सांसद माननिय सञ्जय कुमार गौतमले बताए । बर्दिया जिल्ला भित्रका करिब ४५ हजार घरधुरीले सुकुम्बासी भएको भन्दै आयोगमा निवेदन परेको समेत गौतमले जानकारी दिए ।

    भूमि समस्या समाधान आयोग गठन देखिनै विभिन्न समस्या भोग्दै आएपनि हाल पहिलो चरणमा लालपूर्जा वितरण गर्न सफल भएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाका अध्यक्ष अरुण प्रकास सिङ राठौरले जानकारी दिए ।


    गुलरिया नगरपालिकाका ४० जना र बाँसगढी नगरपालिकाका १३ जनालाई गरि ५३ जनालाई गरि पहिलो चरणको लालपूर्जा वितरण गरेको अध्यक्ष राठौरले बताए ।
    लालपूर्जा पाउन ५३ जनालाई बधाई दिदैँ ‘ अन्य भूमिहीनहरुलाई पनि क्रमश लालपूर्जा वितरण गर्दै जाने रणनिती रहेकोले गाँउघरमा नापजोख गर्न आउने अमिनहरुलाई सहयोग गर्नुहोला ।’ राठौरले भने

    कार्यक्रमा बर्दिया जिल्ला समन्वय समितिको प्रमुख सूर्य बहादु विष्ट र उपप्रमुख अमिता यादव गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव र उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश गौतम, बाँसगढि नगरपालिकाका उपप्रमुख, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख ओमकार शाह, नेपाली कांग्रेस बर्दियाका उपसभापती गोविन्द थारु, नेकपा एमाले बर्दियाका अध्यक्ष सालिकराम अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

    Post Views: 479
    प्रकाशित मिति: २०८२ असार ३२, बुधबार १७:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.