• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सैनिक कल्याणकारी कोषको भ्रष्टाचारमा जर्नेलसहित दुई बर्खास्त

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २०, शुक्रबार ०७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली सेनाको कल्याणकारी कोषमा भएको भ्रष्टाचारमा दुई वरिष्ठ सैनिक अधिकारी बर्खास्त भएका छन्। फर्जी कर्मचारी खडा गरी उनीहरूको नाममा चेक काटेर कोषको सवा २ करोड रकम भ्रष्टाचार गरेकोमा सहायक रथी रोशन खड्का तथा सेनानी बोधराज कार्की बर्खास्त भएका छन् । सैनिक विशेष अदालतले बिहीबार उनीहरूलाई बर्खास्त गरी हिनामिनाबापतको रकम तिराउने फैसला गरेको हो ।

    सैनिक ऐन, २०६३ को दफा १०१ अनुसार उनीहरूलाई बर्खास्त गर्ने फैसला भएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए। उनीहरूबाट २ करोड २१ लाख ८५ हिनामिना भएको थियो ।

    यस हिनामिनामा संलग्न दुई पूर्वसैनिकलाई भने प्रहरीमार्फत यसअघि नै मुद्दा चलाइएको थियो । प्रहरीमार्फत मुद्दा दायर गरिएका पूर्वजमदार आत्मराम थापा हाल पुर्पक्षका लागि कारागारमा छन् । त्यस्तै, पूर्वसेनानी लक्ष्मण अधिकारी भने अमेरिका पुगेका छन् । चारजनाको मिलेमतोमा कोषको रकम दुरुपयोग भएको आन्तरिक छानबिनमा खुलेको हो ।

    २०७३ देखि २०७५ सालसम्म उनीहरूले योजनाबद्ध रूपमा अवकाशमा गएको सैनिकको विवरण थपेर चेक काटी रकम हिनामिना गरेका हुन् । पछिल्लो समय बैंकिङ प्रणालीमार्फत यस्तो सुविधा दिने गरिएकाले हिनामिना हुने सम्भावना रहेको सैनिक अधिकारीले बताएका छन् ।

     

     

     

    साभार/ नँया पत्रिका

    Post Views: 182
    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०७:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.