• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयाताल गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन २७ जना महिलालाई तालिम

  •  ज्ञानेन्द्र पोख्ररेल
  • २०८२ असार २०, शुक्रबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बढैयाताल गाउँपालिकाले महिलालाई सशक्त आत्मनिर्भर बनाउने अभियानमा २७ जनालाई फाइबर झोला र कुशन बनाउने दुई महिनाको सीपमूलक तालिम दिएको छ ।


    संघीय सरकारको उद्योग मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट सञ्चालित उक्त तालिममा गाउँ पालिका विभिन्न वडाबाट सहभागी २७ जना महिलाहरूलाई बैशाख २२ गतेदेखि असार १८ गतेसम्म तालिम प्रदान गरेको बढैयाताल गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बताईन् ।

    उपाध्यक्ष अधिकारीले महिला हरूले तालिम लिएको सिपलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावसायिक रुपमा आयमूलक कार्यमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।
    तालिम समापन कार्यक्रममा सहभागी सरिता चौधरीले तालिम अत्यन्त उपयोगी भएको बताउँदै स्थानीय सरकारको थप सहयोग पाएमा आफूहरूले सिकेको सीप लाई आयआर्जनमा रूपान्तरण गर्न सकिने धारणा राखिन् ।

    बढैयाताल गाँउपालिका वडा नं. ६ का अध्यक्ष शुक्रराज सापको– टाले तालिममा सिकिएका सिप लाई व्यवसायिक बनाउने र बजार प्रवर्धनमा वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रमकी प्रशिक्षक गीता धर्तिले सहभागी महिलाहरू निकै लगनशील र सक्षम रहेको उल्लेख गर्दै स्थानीय सरकारले निरन्तर सहयोग गरेमा उनीहरू आत्म–निर्भर बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

    तालिममा सहभागी महिलाहरू लाई व्यावसायिक रुपमा काम गर्न प्रेरित गर्न सामूहिक रूपमा सिलाई मेसिनसहितका सामाग्री पनि प्रदान गरिएको छ । संघीय सरकारले उक्त कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    Post Views: 259
    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०७:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.