• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोइरालाको देउवालाइ प्रश्न ः माओवादीसँग चुनाव, एमालेसँग सत्ता–कांग्रेस कुन बाटोमा ?

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १७, मंगलवार ०८:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ/नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चुनावी गठबन्धनअनुसार सत्तासमीकरण नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले चुनावी गठबन्धन माओवादीसँग गरेर एमालेसँग सरकारमा सामेल हुनुलाई दुर्भाग्य भनेका हुन् ।


    ‘गत निर्वाचनमा माओवादीसँग मिलेर गइयो । दुर्गभाग्य माओवादी सँग सरकार बनाइरहन सकिएन। अहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको छ’ उनले बैठकमा भने ।
    त्यस्तै उनले बारा–२ को निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेर सभापति शेरबहादुर देउवाले गलत गरेको पनि बताए ।
    उनले देउवालाई सोधे, ‘बारा–२ उपेन्द्र यादवला सहयोग नगरौँ । टिकट नदिऔँ भन्दा सरकार बनाउन सहयोग हुन्छ भनियो । हामी के गर्न खोजिरका छौँ सभापतिजी ?’
    उनले सभापतिले पार्टी एक ढिक्का होस् भनेको बारे थपे, ‘सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा । म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।’
    ‘म आज केही तितो वास्तवि–कता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाइदिनुहोला’ उनले भने ।
    त्यस्तै उनले महाधिवेशन समयमै गर्न नसक्नुको कारणबारे पनि जवाफ माग गरे ।
    ‘कारण के हो ? क्रियाशीलको मात्रै हो कि अरु के हो ? क्लियर हुनुप¥यो मैले,’ उनले भने, ‘म जिल्लामा जाँदा टाइममै गर्नुपर्छ भनेर साथीहरू भन्नुहुन्छ । नवीकरण पनि हुन्छ, क्रियाशील पनि हुन्छ भन्नुहुन्छ त ।’
    त्यस्तै उनले अनुशासन समिति माथि नै प्रश्न गरे ।
    यस्तो छ शेखरको भनाइ
    आदरणीय सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू ।
    सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा । म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।
    म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाईदिनुहोला ।
    हामी अहिले महाधिवेशनको बर्षमा छौँ । २०८२ सालको मंसिर महिनामै १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्‌दो जवाफ दिनुपर्याे । पदाधि–कारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।
    गठबन्धनः–
    २०७९ को संघिय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्ध– न गरेर निर्वाचनमा गयौं। अहिले एमालेसँग सरकारमा छौं । त्यति बेला के कारणले माओवादीसँग गठबन्धन गर्यौ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस एमाले गठबन्ध–नको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? सभापतिज्युले यसको चितबुझ्ने जवाफ दिनुपर्छ ।
    अनुशासन समितिः–
    १. अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ । के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यू यसको जवाफ चाहियो ।
    २. म आज धेरै सोचेर भन्दैछु । अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समिति भन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्छ । अहिले अनुशासन समितिमा रह– नुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठी सम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदोरहेनछ । तपाईँका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको बिषयमा कसैलाई सचेत गराईएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाही मा किन विभेद ?
    ३. पर्सा–१ मा गठबन्धनको नाममा लोसपालाई सिट दिइयो । गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो । कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो । उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो ।
    गठबन्धनका नाममा आफ्‌नो बलियो सिट किन अरुलाई दिइयो।
    उपचुनावमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔँ, पार्टीकै साथीलाई उम्मेदवार बनाऔँ भन्दा हाम्रो कुरा सुनिएन। मधेस प्रदेशमा उपनिर्वाचन लगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो । आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेश प्रदेश सरकारमा कांग्रेस कहाँ निर छ ? यसको पनि जवाफ चाहियो ।
    ४. २०७९ को निर्वाचनमा माओवादी सँग गठबन्धन गरियो । फेरि २०८० को उपनिर्वाचनमा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको बिज्ञप्ती आयो । यो कस्तो राजनीति थियो ? ५. अनुशासन समितिको संयोजकले आफुखुसी व्यक्तिगत रुपमा चिठी पठाउँनुभएको छ, त्यो अधिकार उहाँलाई कसले दियो ? पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन ? यसको जवाफ कसले दिने हो, चित्त बुझ्ने जवाफ चाहियो।
    ६. विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहि–लोपटक गिरिजाप्रसाद कोइराला सँग उहाँ सभापतिमा प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो ।
    उक्त महाधिवेशनमा सुजाता कोइ– रालाले केन्द्रिय सदस्य लड्ने ईच्छा ब्यक्त गर्नुभयो । १० बर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन ।
    ७. सर्वोच्च अदालतले दोषी किटान गरिसकेको ब्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाईएको छैन ? यो घट्ना ले कांग्रेसलाई कति क्षती पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधि– कारीले बुझ्‌नुभएको छ ?
    ८. निर्वाचनका समयमा गठबन्धन का नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरियो अहिले अनुशासन कार–वाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिंदैछ ।
    पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीहरूलाई सचेत गराऔं र रुख चिन्हको उम्मे–दवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो । उहाँहरू सबैलाई एकपटकलाई माफी दिउँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु ।
    ९. २०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँ पालिका वडा नं. ७ मा स्थापना गरिएको वि.पी।. कोइरालाको शालिक अनावरण कार्यक्रममा जानुहँुदा, पार्टीका केन्द्रिय सदस्य साथीहरूले नै कार्यक्रम बहिष्कार गर्नुभयो ।
    २०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरुप नगरपालिकामा वि.पी कोइरालाको शालिक अनावरणमा मलाई वोलाइयो। म आफँै प्रमुख अतिथी भएर गएको कार्यक्रममा मेरै समुहका पुर्व मन्त्री देखि जिल्ला का सिनिएर साथीहरूले मलाई रोक्ने प्रयास गर्नुभयो, कार्यक्रम भन्दा ठिक पहिले उहाँहरूलाई भेटेर विपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ । तर पनि उहाँहरूले कार्यक्रम बहिष्कार गर्नुभयो। वि.पी कोइरालाको शालिक अनावरण अवरोध गर्नेहरूलाई अनुशासन लाग्ने कि नलाग्ने ? ति साथीहरू कस्ता कांग्रेसी ? सहि कुरा भन्न अब हामीले मुख लुकाउँन हुँदैन ।
    भातृ संस्थाबारेः–
    १. नेविसंघ, तरुण दल, महिला संघ बारे सभापतिज्यूको घरमा भएको बैठकमा मैले प्रष्टरुपले भनेको थिएँ। अहिलेको ठुलो समितिले अधिवेशन गर्नै सक्दैन, त्यसैले पार्टीले जिम्मा लिएर अधिवेशन गराऔँ । नेविसंघ निर्देशक समितीको बैठकमा मैले समया–वधी थप्न समर्थन गरेको भन्ने कुरा पदाधिकारीले भन्नु भएछ । म अहिले पनि भन्दैछु, जति समय थप्नुस, अधिवेशन हुन्छ ।
    भन्नेमा मलाई विश्वास छैन। तरुण दलका साथीहरू अनसनमा हुनुहुन्छ। नेविसंघको प्रदर्शन भैरहेको छ। यसलाई सम्बोधन गरौँ।
    २। नेविसंघ र तरुण दल भन्दा महिला संघ फरक छ। महिला संघ र पार्टीको बिधान एकै प्रकारको भएकाले महिला संघको पुरानो सदस्यता नविकरण नभएसम्म अधिवेशन सम्भव छैन। २) जना केन्द्रिय सदस्यले राजीनामा दिएको अवस्था र पुरानो सदस्यता नविकरण नभएको अवस्थामा महिला संघको अधिवेशन हुनै सक्दैन। ईलाममा महिला संघको कार्यक्रममा पुरुषहरूले महिलामाथी हातपात गरेका छन्। त्यसमा पार्टी सभापतिज्यूको ध्यान जाओस।
    ३। नेपाल दलित संघको ४२ जिल्ला बिघटन गरिएको सुन्नमा आएको छ। अधिवेशनमा जाने कि बिघटन गर्ने ? जिल्ला बिघटनको अधिकार दलित संघको अध्यक्षलाई कसले दियो ? यसको जवाफ चाहियो।
    मैले आज बाध्य भएर भनिरहेको छु। पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भए लगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ। सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिन। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।
    जय नेपाल।

    (२)८२ असार १६ गते, नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, कांग्रेस केन्द्रिय कार्यालय, सानेपा ललितपुर, नेपाल)।

    Post Views: 163
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०८:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.