• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दिया नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, २०८२/०८३ को ९६ करोडको बजेट सार्वजनिक

  •  माउण्टेन संवाददाता
  • २०८२ असार ११, बुधबार १६:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको बारबर्दिया नगरपालिका ले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ९६ करोड ७७ लाख ८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं नगरसभा उपाध्यक्ष रत्न कुमारी पाण्डेले १७ औं नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गर्दै समृद्ध,
    आत्मनिर्भर र न्याययुक्त समाज निर्माण गर्ने लक्ष्यसहितको नीति, योजना र कार्यदिशा स्पष्ट गरिन् ।


    उपप्रमुख पाण्डेले प्रस्तुत गरेको बजेटमा चालु खर्च तर्फ ६६ करोड १९ खाल ६ हजार रुपैयाँ, पुँजीगत खर्च तर्फ ३३ करोड ५८ लाख २ हजार रूपैयाँ रहेको छ । साथै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास, न्याय, सूचना प्रविधि, पशुपालन, महिला तथा बालबालिका लगायतका क्षेत्रमा सन्तुलित र समावेशी विनियोजन गरेको छ । उनले समृद्ध बारबर्दिया निर्माणका लागि ‘कृषि, उद्योग र पर्यटनमा वृद्धिः बारबर्दिया नगरपालिकाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसात गर्दै बजेटको संरचना तय गरिएको जानकारी दिइन् ।

    गत आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले ९९ करोड ५२ लाख रुपैयाँ बराबरको संशोधित बजेटमध्ये जेष्ठ मसान्तसम्म ४६ करोड ६० लाख रुपैयाँ चालु खर्च र १८ करोड ८८ लाख रुपैयाँ विकास खर्च गरी सन्तोषजनक वित्तीय प्रगति गरेको जनाएको छ । यस अवधिमा नगरभित्र कभर्ड हल निर्माण, सडक कालोपत्रे, नाली निर्माण, वडा कार्यालय भवन निर्माण, प्रशासकीय भवन सुधार, सेनिटरी प्याड वितरण लगायतका थुप्रै पूर्वाधार तथा सेवामुखी योजनाहरू सम्पन्न भएका छन् ।
    नयाँ बजेटमा शिक्षा क्षेत्रमा रु. ७ करोड ६५ लाख ९२ हजार विनियोजन गरिएको छ । शैक्षिक गुणस्तर सुधार, सार्वजनिक शिक्षाको रूपान्तरण र विद्यालय सुशासनलाई जोड दिइएको छ । महिलाको सशक्ती–करण, बालबालिका तथा दलित समुदायको सामाजिक सुरक्षा सुनिश्चित गर्न २३ लाख ५० हजार विनियोजन गरिएको छ भने कृषिमा यान्त्रिकीकरण र प्रविधि विस्तारका लागि करिब ५० लाख विनि–योजन गरिएको छ । पशुपालनमा नस्ल सुधार, रोकथाम तथा अहार व्यवस्थापनका लागि ४१ लाख २५ हजार छुट्याइएको छ । नगर उपप्रमुख पाण्डे प्रस्तुत गरिन ।
    नगरवासीको समग्र स्वास्थ्य सुधार गर्न आयुर्वेद, योग तथा अध्यात्मका कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार १२ लाख बजेट छुट्याइएको छ। यसैगरी युवा तथा खेलकुदमा संलग्नता बढाउने उद्देश्यले ११ लाख ४७ हजार ५ सय र सूचना प्रविधिमा नागरिक सेवालाई आधुनिक र प्रभावकारी बनाउन ४ लाख २५ हजार विनियोजन गरिएको छ। न्यायिक समिति सशक्तिकरण र हिंसा न्यूनीकरणका लागि उप मेयर कार्यक्रम समेत समेटिएको छ, जसका लागि २२ लाख ९५ हजार विनियोजन गरिएको छ ।

    संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपुरक अनुदानहरू तोकिएको मापदण्ड अनुसार खर्च गरिने जनाइएको छ । साथै जेष्ठ नागरिक, अपाङ्ग, दलित, लोपोन्मुख र सीमान्तकृत वर्गका लागि संघीय सरकारले तोकेको दर अनुसार सामाजिक सुरक्षाका कार्यक्रम निरन्तरता दिइनेछ ।
    नगर उपप्रमुख पाण्डेले सम्बोधनको क्रममा संविधान, लोकतन्त्र र सामाजिक रूपान्तरणका लागि बलिदान गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले नगरको विकास र समृद्धिका लागि सबै राजनीतिक दल, संघ–प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण नगरवासीको सहकार्य र सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन् ।

    नगरको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र प्राविधिक बनाउन डिजिटल नागरिक बडापत्रको अवधारणालाई कार्यान्वयन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । राजश्व दायरा विस्तार, कर शिक्षामा जनचेतना र घर नम्बरिङ्ग प्रणाली मार्फत कर प्रणालीलाई व्यवस्थित गर्न पहल थालिएको उल्लेख गरिएको छ ।

    उपप्रमुख पाण्डेले बजेट प्रस्तुत गर्दै भनिन्, ‘यी कार्यक्रमहरूको सफल कार्यान्वयन नगरपालिकाको मात्र प्रयासबाट सम्भव छैन, सबै क्षेत्रको रचनात्मक र सक्रिय सहयोग आवश्यक छ । उहाँले नगरवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी, राजनीतिक दल, सरकारी निकाय, कर्मचारी, सञ्चारकर्मी तथा विकास साझे– दारहरूप्रति आभार व्यक्त गर्दै समृद्ध बारबर्दिया निर्माणमा एकजुट भएर अघि बढ्न अपिल गरिन् ।

     

    Post Views: 254
    प्रकाशित मिति: २०८२ असार ११, बुधबार १६:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.