• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

“पढ्दै कमाउँदै” कार्यक्रम : कक्षा १० का विद्यार्थीलाई चल्ला वितरण

  •  संजय आचार्य
  • २०८२ असार ३, मंगलवार १२:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजापुर नगरपालिका वडा नं. ८ मा आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत “पढ्दै कमाउँदै” कार्यक्रम संचालन गरिएको छ।

    कार्यक्रम अन्तर्गत राजापुर नगरपालिका बाड नं ८ स्थित भेरी माध्यमिक विद्यालयका कक्षा १० का २७ जना विद्यार्थीहरूलाई २ सय २ वटा हाँसका चल्ला वितरण गरिएको राजापुर नगरपालिका बाड नं ८ का वडा अध्यक्ष राजेश थारूले बताए । वितरण कार्यक्रममा विद्यार्थीहरूले खाली समयको सदुपयोग गर्दै आयआर्जन तर्फ पनि अवसर पाएको बिद्यार्थीहरुले बताएका छन्।


    वडा अध्यक्ष थारूले भने “यो कार्यक्रम सिकाइसँगै आम्दानी जोड्ने प्रयास हो, जसले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने विश्वास लिएको छ” उनले भने । भविष्यमा यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै उपयुक्त बजेट विनियोजन गरी व्यवस्थित रूपमा अघि बढाइने योजना रहेको समेत थारुले जानकारी दिए । चल्ला पाएका बिद्यार्थीहरू भन्छन्, “खाली समयमा कमसेकम काम त पायौँ, धेरै खुसी लाग्यो” उनीहरुले भने ।

    पछिल्लो समय मोबाइल तथा डिजिटल माध्यमको बढ्दो प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पारिरहेको अवस्थामा यस्तो कार्यक्रम प्रभावकारी भएको अभिभावकहरू बताउँछन्।

    शिक्षकहरूले पनि सानो बजेटबाट सुरु गरिएको यो कार्यक्रम प्रशंसनीय भएको जनाएका छन्। साथै, वडाले आगामी दिनमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरेर थप कार्यक्रम ल्याउने समेत स्थानीयले अपेक्षा व्यक्त गरेका छन्। चल्ला पाएका विद्यार्थीहरू निकै खुसी देखिएका थिए।

    Post Views: 238
    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १२:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.