बर्दिया(मधुवन), बैशाख २४ गते / स्थानीय वन ऐन निर्माणका लागि बर्दियाको मधुवन नगरपालिकामा वन व्यवस्थापन सम्बन्धमा स्थानीय वन ऐन निर्माण सम्बन्धित दोस्रो चरणको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मधुवन नगरपालिका को आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को सम्वर्धन परियोजना अन्तर्गत बर्दियाको हरेक पालिकाहरुमा स्थानीय वन ऐन निर्माण अन्तर्गतको आज बैशाख २४ गते दोस्रो चरणको कार्यक्रमको आयोजना गरिएको फेकोफनका सन्वर्धन परियोजनाका कार्यक्रम संयोजक जयन जोशीले बताए ।


कार्यक्रमा स्थानीय स्तरमा वन ऐनको आवश्यक्ता किन र के का लागि, कस्तो किसिमको वन ऐन बनाउने, कसरी सामुदायिक वनलाई समुदायमा प्रयोगमा ल्याउन सकिन्छ भन्ने बिषयमा कार्यक्रममा छलफल भएको कार्यक्रम संयोजक जोशीले जानकारी दिए ।
कार्यक्रममा स्थानीय स्तरमा वन ऐनको आवश्यकता किन छ त भन्ने बिषयमा बृहत छलफल गरिएको थियो ।
कार्यक्रमा स्थानिय वन ऐन बनाउदा वन संग आश्रीत समुदाय, आदिवासी जनजाति समुदायमा वनजन्य जडिबुटी तथा वनस्पति साथ परम्परागत सीप, कौशल अभ्यासलाइ उत्पादनमा परिमार्जन गर्न वातावरण निर्माणका लागि पनि स्थानीय वन ऐनको आवश्यकता देखिएको समेत संयोजक जोशीले भने ।
ऐनको निर्माण संगै सामुदायिक वन श्रोतको पारदर्शिता, जवाफदेहिता र उक्तरदायित्वको जिम्वेवारी स्थानीय उपभोक्ता समुहलाई गराउन र स्थानीय सामुदायिक वन श्रोतको प्रयोग गरि वनपैदावार मा आधारित उद्योगहरु संचालन गरि रोजगार पवद्र्धन गर्दै विकासका कार्यक्रमहरु संचालन गर्न समेत स्थानीय स्तरमा वन ऐनको आवश्यकता रहेको जोशीले बताए ।
वन ऐनमा मानव वन्य जन्तु द्धन्द्धबाट जन धन वाली तथा पशु धन हानी नोक्सानी तथा राहत क्षतिपुर्ति व्यवस्थापनका लागि समेत स्थानीय वन ऐन वने संगै झण्झटिलो प्रकृयाबाट सहजता आउने भएकाले पनि स्थानीय वन ऐनमा रहने जोशीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले हामी सबैले दिएका वन ऐन सम्बन्धित सुझावहरुलाई मनन गरेर स्थानीय वन ऐन निर्माण गर्ने र स्थानीय वन ऐन बने संगै वन सम्बन्धित हरेक कार्यहरु गर्न स्थानीयहरुलाई सहजता हुने समेत उनले बताए ।
स्थानीय वन व्यवस्थापन सम्बन्धमा स्थानीय वन ऐन निर्माण सम्वन्धि दोस्रो चरणको छलफल कार्यक्रममा मधु्वन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता एवं मधुवन नगरपालिका बाड नं ८ का बडा अध्यक्ष मेकबहादुर गुरुङ, बाड नं ४ का बडा अध्यक्ष बलिराम चौधरी, बाड नं १ का बडा अध्यक्ष मिन थापा साथ बाड नं ७, ९, ६ लगाउतका बडा अध्यक्ष हरु र मधुवन नगरपालिकाका स्थानिय वन ऐन बनाउन सहजिकरण गर्ने कार्यालयका कर्मचारीहरुको उपस्थितीका साथ सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बर्दियाका अध्यक्ष गोपालप्रसाद चौधरी लगाउतको सहभागिता रहेको थियो ।




