बर्दिया, बैशाख २२ गते / नेपाल सरकारले बर्दियामा रहेको बबई भादा ओरही नदि नियन्त्रण कार्यालय डडेलधुरामा सार्न गरिएको निर्णय कार्यान्वयन नगर्न बर्दिया क्षेत्र नं. १ का प्रतिनिधी सभा सांमसद सञ्जय कुमार गौतमले आग्रह गरेका छन् ।
नेपाल सरकारले बर्दियामा रहेको बबई भादा औरही नदि व्यवस्थापन आयोजनालाई कर्णाली नदि नियन्त्रण कार्यलयमा गाप्न लागिएकोले यस प्रति ध्यानआर्कषण भएको सांसद गौतमले प्रतिनिधिसभा को आज चलिरहेको सदमा सम्बोधन गर्दै कार्यालय स्थानान्तरणको विरोध गरेका छन ।
२०७१ सालको भिषण बाढिले बर्दिया सदरमुकाम लगाएतका आसपासका क्षेत्र बाढिको जोखिममा परेपछि नदि नियन्त्रणका लागि सञ्चालनमा ल्याईएको यस आयोजनाको काम ३० प्रतिशत बाँकी रहेको जानकारी गराउदै नदि नियन्त्रण काम नसकुन्जेल कार्यालय नसार्न गौतमले अनुरोध गरे ।

आम बर्दियाका जनतालाई दलगत स्वार्थ भन्दा माथि उठेर आफ्नो बर्दिया जिल्लाको सुरक्षाको लागि सबै आम जनता सचेत हुन र कार्यालय नसार्नदिन दवाव सिर्जन गर्न समेत उनले आग्रह गरे ।
केही बर्ष अघी ३ अरब ९२ करोड २८ लाख को लागतमा भादा बबई ओराही नदी व्यवस्थापन कार्यलय बर्दिया सञ्चालनमा आएको हो ।
आयोजनाको ३०% काम अझै बाँकी रहेकोले नेपाल सरकारलाई ध्यानआकर्षण गराउँदै गौतमले कर्णाली नदि नियन्त्रण आयोजनामा गाभेर बर्दियाली जनतामाथी सरकारले अन्याय गरेको उनले बताए।
बबई भादा ओरही नदि नियन्त्रण कार्यालय मुख्य उद्देश्य बाढी नियन्त्रण, नदी कटान रोक्ने, सिँचाइ सुविधा विस्तार र कृषियोग्य जमिनको संरक्षण गर्ने कार्य गरिरहेको छ । यस आयोजनाले तटबन्ध निर्माण र बाँध निर्माण कामहरु गर्दै आएको छ यसले बर्दियाका जनता बाढिबाट बच्ने साथै जिल्लाका े यस आयोजना निर्माणले कृषि र अर्थतन्त्रलाई बलियो बनाउने सम्भावना रहेको छ ।




