सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि त्यसको व्यापक आलोचना भइरहेको छ । सत्ता साझेदार दलकै नेताहरूले यसको विरोध गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसको आलोचना गरेका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गरेका छन् । यो निर्णयमा केही मन्त्रीहरू नै असन्तुष्ट रहेको बताइएको छ ।
नेपाली कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले यसलाई भने सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् । उनले फेसबुकमा लेखेका छन्- ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ ।
यो निर्णयको पुष्टि कांग्रेस र सरकारले गर्नै नसक्नो कोइरालाले उल्लेख गरेका छन् । यसको स्वामित्व कांग्रेसले लिनै नहुनेमा उनले जोड दिएका छन् ।
‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि,’ उनले फेसबुकमा लेखेका छन् ।

साभार सिलापत्र




