बर्दिया चैत्र ८ गते / बर्दियाका दलित महिला अगुवा अभियान्ताहरु स्वयं आफै पनि विभेदको सिकार हुने गरेको बताएका छन । दलित महिला अगुवा अभियान्ताहरुको काम गर्दाको अनुभव काम गर्दाको चुनौती र सिकेका कुरा हरुको गुलरियामा चैत्र ७ गते भएको आदान प्रदान कार्यक्रममा सो कुरा बताएका हुन । विहिवार भएको कार्यक्रममा स्थानीय तहमा सेवा लिन जादा होस या शिक्षा क्षेत्र लगायत विभिन्न स्थानमा दलित माथी विभेद भएको अभियन्ताहरुले बताएका छन ।

गाउँमा अझै पनि विभेद रहेको बासगढी नगरपालिका वडा नम्बर ४ कि सुनिता परियारले बताइन । आफ्नो अनुभव सुनाउँदै उनले भनीन “आज पनि भोज भतेरमा अपमस जनक व्यवहार हुने गर्दछ । ” हामी आफै अभियन्तालाई यती फरक व्यवहार हुन्छ भने सामान्य दलित नागरिकलाई कति बिभेद भएको होला भनी प्रश्न गरिन ।
यस्तै मधुवन नगरपालिका वडा नम्बर ७ कि मन्जु कुमारी सुनारले दलित समुदायका नागरिकको स्वास्थ्य , शिक्षा लगायत स्थानहरुमा अझै पनि पहुँच पुग्न न सकेको बताइन । सुनारले अब राजनीतिक दलहरूले दलितलाई भोट बैंकको रूपमा मात्रै प्रयोग नगर्न आग्रह गरीन ।
दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले दलित महिलाहरुको न्याय तथा जातिय छुवाछूत तथा जातिय विभेद बारे निरन्तर अवाज उठाउदै आइरहेको बताउनु भयो । जातीय विभेद तथा छुवाछूत बारे दलित अगुवाहरुले आफ्नो स्थानमा थुप्रै काम गर्न अवश्यक रहेको सुनारले बताइन ।
विगत ३० बर्षदेखी आवाज विहिन दलित हरुको आवाज बन्दै आफ्नो हक र अधिकारका लागि काम गर्दै आएको दलित महिला संघ (फेडो) की केन्द्रिय अध्यक्ष कला स्वर्णकारले बताइन ।
कार्यक्रममा सस्थाकी कार्यकारी निर्देशक डा. रविना जी रसाइलीले पछिल्लो अवस्थामा दलित महिलाको न्यायमा पहुँच पुर्याउन निरन्तर पहल गरि रहेको बताइन । संस्थाले पालिका र प्रदेश तहमा दलित महिला प्रतिनिधिहरूको साझा मञ्च बनाउने काम गरि राखेको रसाइलीले बताइन । जहाँ दलित महिला अगुवाहरुले आफ्ना अनुभव आदानप्रदान गर्छन् र सिक्छन् । ताकि उनीहरू भावी दिनमा कार्यकारी पदमा दावेदार बन्न सकून् भन्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा दलित महिला संघकि कार्यकारी निर्देशक डा रविना जी रसाइली ,केन्द्रिय अध्यक्ष कला स्वर्णकार ‘ बर्दियाको मधुवन,बासगढी,गुलरिया नगरपालिका र बढैयाताल गाउँ पालिकाका गरि २५ जना दलित महिला अगुवा अभियान्ताहरुको उपस्थिति रहेको थियो ।




