बर्दिया, / बारबर्दिया नगरपालिकाको सहजिकरणमा बारबर्दिया नगरपालिका बाड नं ८ को दुद्धामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर फागुन १५ गते बिहिबार सम्पन्न भएको छ ।

बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै थारु महिला उत्थान केन्द्रकाे सहजिकरणमा बारबर्दियामा सन्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियाेजना अन्तर्गत १ दिने निशुल्क पशु स्वास्थ्य शिवीर गरिएको बारबर्दिया नगरपालिकाका पशु विकास शाखाका दीपक थापाले जानकारी दिए ।

शिविरमा ३ सय ५ जना कृषकको सहभागिता रहेको समेत थापाले बताए ।
कृषकहरुले शिविरमा चेकचाजका क्रममा ४ सय ३१ बाख्राको चेकजाँच गरिएको थियोे भने १ सय ५ गाई भैसी, १९ बङ्गुर, १ हजार ३ सय ५४ कुखुराको उपचार गरिएको र २ सय ८० कृषकलाई प्राविधिक सरसल्लाह दिइएको समेत पशु शाखाका दीपक थापाले जानकारी दिए ।





