• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको बारबर्दिया र गुलरिया जोड्ने बैरियाघाटमा झोलुङ्गे पुलको उद्घाटन

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ फाल्गुन १५, बिहीबार २०:४६ प्रकाशित
    oplus_0
    • अ-
    • अ
    • अ+

    फागुन १५ गते / बर्दियाको बैरियाघाट र पण्डितपुरमा मल्टीस्पान झोलुङ्गे पुल आज देखि सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं बर्दिया क्षेत्र नं १ का संघीय सांसद सञ्जय कुमार गौतमले झोलुङ्गे पुलको उद्घाटन गरेका छन ।

    झोलुङ्गे पुलको निर्माण संगै बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाका स्थानीय बासिन्दाहरुलाई सहज तरिकाले आउजाउ गर्न र कृषकहरुले आफ्नो उत्पादन सदरमुकाम बजारमा बिक्रिका लागि लैजान सजिलो रहने संघीय सांसद सञ्जय कुमार गौतमले बताए ।

    बंबई नदिमै बनेका बालापुर झोलुङ्गे पुल र कुसुम्बाघाट झोलुङ्गे पुल यो बैरियाघाटको झोलुङ्गे पुल पनि संगै बन्नुपर्ने थियोे तर अन्य केही साथीहरूको गलत बुझाइका कारण झोलुङ्गे पुल ढिलो गरि बनेको कुरा गौतमले जानकारी गराए । यो झोलुङ्गे पुल बने पछि हजारौं स्थानीयहरुलाइ आउजाउ गर्न सहज हुने समेत उनले बताए ।

    झोलुङ्गे पुल बनाउनमा माननिय सांसद सञ्जय कुमार गौतमको अथक प्रयास र सहजिकरणले यो पुल निर्माण भएकोले यहाँका स्थानीयका लागि माननीय सञ्जय कुमार गौतम धन्यवाद पात्र रहेको बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारुले बताए । पुल सुचारु संगै बारबर्दिया र गुलरियामा झनै आत्मिय र भावनात्मक एकता झनै जोड्ने कुरा समेत नगरप्रमुख छविलाल थारुले भने ।

    शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक, ललितपुरको लगानीमा श्री थानी निर्माण सेवा प्रा.लि.द्वारा निर्मित उक्त पुल सञ्चालनमा आएपछि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा समेत सहज भएको छ ।

    यसअघि, स्थानीयवासीलाई बबई नदी पार गर्न डुङ्गाको भर पर्नुपर्दथ्यो । झोलुङ्गे पुल सञ्चालनमा आएपछि सदरमुकाम गुलरिया जाँदा आउँदा ढुङ्गा तर्नुपर्ने झन्झट हटेको छ ।

    मोटरसाइकल, साइकल तथा पैदलयात्रीहरू दिनरात यात्रा गर्न सक्ने भएकाले स्थानीयवासीले सहज महसुस गरेका छन् । बारबर्दिया–४ का स्थानीय खुसीराम चौधरीका अनुसार पुल सञ्चालन भएसँगै दैनिक आवतजावत सरल भएको छ ।

    सस्पेन्सन ‘एमएन’ प्रविधिबाट निर्मित उक्त पुल ४ सय १२.९८ मिटर लम्बाइको छ, जसको भारबहन क्षमता १ सय ११ टन रहेको छ । पुलमा एकै पटक ८ सय २ जना पैदलयात्री आवतजावत गर्न सक्छन् । पुल बनेपछि स्थानीय बासिन्दा दैनिकरूपमा यसलाई हेर्न र घुम्न आउने गरेका छन् भने व्यावसायिक सम्भावनाका रूपमा खाजा पसलहरू खुल्न थालेका छन् ।

    उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिका बाड नं ४ का बडा अध्यक्ष एवं बारबर्दिया नगरपालिकाका नगर प्रवक्ता सिताराम योगि, बारबर्दिया नगरपालिका ४ का बडा अध्यक्ष रामफेरन थारु, गुलरिया नगरपालिका बाड नं ४ का बडा अध्यक्ष सुरेश गौतम, गुलरिया १ का बडा सदस्य प्रेम यादव का साथ राजनीतिकर्मि शम्भु प्रसाद रिजाल लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

    Post Views: 537
    प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार २०:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.