बर्दिया, फागुन ३ गते / बर्दियामा राष्ट्रिय निकुञ्ज नजिक एक जंगली हात्ती मृत अवस्थामा भेटिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँमा जङ्गली हात्ती मृत फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले बताए ।
ठाकुरबाबा नगरपालिका बाड नं ४ को खैलार गाउँ नजिकको प्राथमिक विद्यालय नजिक गहुँ खेतमा हात्ती मृत फेला परेको समेत डा.अशोक रामले जानकारी दिए । मृत्युको कारण हात्ती बिरामी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृत्युु भएको हात्ती भाले रहेको र मृतक हात्तीको उमेर करिब ३० बर्षको रहेको अनुमान गरिएको छ ।
तस्बिर/बर्दिया राष्ट्रिय निकुञ्ज




